​एनआरएनए नाइजेरियाद्वारा जनकपुरधाममा निर्माण हुन लागेको मन्दिरको सहयोग

Posted on: 20 Dec, 2016

पुस ५, नाइजेरिया | गैर आबासिय नेपाली संघ ( एनआरएनए ) को नाइजेरिया राष्ट्रिय समन्वय समितीले नेपाली प्रजापती कुम्भकर संघ, केन्द्रिय समितीले जनकपुरधाममा निर्माण गर्न लागेको कुम्भर ( पण्डित ) जातिको मन्दिर निर्माण गर्न लगभग असी हजार ( युएस डलर ७५० ) सह्योग गर्ने भएको छ | 


संघका नाइजेरिया सचिब रोशन थापाका अनुसार उक्त रकम गत तिहारमा संघका सदस्यहरुले लेगोसमा देउसी भैलो आयोजना गरी सन्कलन गरेका  थिए |संघका आईसिसी सदस्य चिरन्जिबी रोकाले तराइका पिछडिएका मध्य एक कुम्भर प्रजापती जातिको यो समुदायिक कार्यमा सहभागी हुन पाउदा खुशी लागेको बताउनु भयो |

त्यसैगरी संघका अन्तरराष्ट्रिय समितीका  कोषाध्यक्ष हिक्मत थापाले एनसिसी नाइजेरियाले आफ्ना सहयोगहरु  देशका बिबिध क्षेत्र र समुदायमा गरेकोमा खुशी ब्यक्त गर्नु भयो | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!