क्यानडामा चासोक तंगनाम कार्यक्रम सम्पन्न

Posted on: 27 Dec, 2016


पुस १२, क्यानडा | क्यानडाको क्यालगरीमा किरात याकथुम  चुम्लुङ्ग क्यानाडाको  आयोजनमा  चासोक तंगनाम  कार्यक्रम भब्य  रूपमा  सम्पन्न भएको छ ।  स्थानीय  कूपर मेमोरियल हलमा संस्थाका अध्यक्ष श्री राजेंद्र (फागो) चोंगबाङ्गबाट स्वागत मन्तब्य राखेर उक्त कार्यक्रमको उद्घाटन भएको  हो । 

कार्यक्रममा बोल्दै चोंगबाङ्गले बिदेशको ठाउँमा महत्वपूर्ण  र  महंगो समयलाई सदुपयोग गर्दै कायर्क्रम सफल बनाउन उपस्थित भएकाहरुलाई स्वागत र धन्यवाद दिएका थिए । त्यस्तै बिजय लिम्बुबाट चासोक तंगनामको बारेमा ब्याख्या भएको  उक्त कार्यक्रममा नब आगन्तुक लिम्बु परिवारहरुको स्वागत, लिम्बु नाच, नेपाली गीत, नृत्य तथा बिभिन्न खेलका साथै  लेथब्रिजबाट आऊनु भएका पाहुनाहरुले किरात लिम्बुहरुले साकेला नाच प्रसूत गरेका थिए । 

त्यस्तै पूर्णिमा चोंगबान्ग र पूर्णिमा नाल्बोले संयुक्त रुपमा  सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीहरुलाई भरपूर मनोरंजन दिनुको साथै नयाँ पुस्ताहरुले किरात लिम्बुहरुको आफ्नो ऐतिहासिक र सास्कृतिक पर्ब चासोक तंगनामको बारेमा जान्ने  मौका पाएका थिए । - राजबरसिंह थापाबाट  

यस बिषयमा तपाइको प्रतिक्रिया...!