पोर्चुगलमा गुरुङको असामयीक निधनपछी एनआरएन पोर्तुगलद्वारा दु:ख व्यक्त

Posted on: 10 Jan, 2017

पुस २६, पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका ३८ बर्षीय दीपकमान गुरुङको ०६/०१/२०१७ शुक्रबारका दिन हृदयघातको कारणबाट ओदिमिरा, साओ तेतोनियो स्थित आफ्नै निवासमा भएको असामयीक निधन भएको दु:खद खबरले गैर आवासीय नेपालि संघ पोर्तुगलले दुख तथा  शोकाकुल  भएको छ ।

संघका अध्यक्ष भीम के सी कमलले  सामाजिक संजाल बाट लेखका छन् –  असीम बेदना एबम पिडाको यो घडीमा स्वर्गीय गुरुङको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ, साथै शोकाकुल परिवारजन प्रती समवेदना प्रकट गर्दछौ।

स्वर्गीय गुरुङको पार्थिव शरीर ब्यवस्थापनका निमित्त छलफल तथा निर्णय गर्नुपर्ने भएकोले पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्थाका अध्यक्ष अथवा प्रतिनिधिज्युहरु, उद्ध्योगी ब्यवशायीज्युहरु तथा सम्पूर्ण शुभचिन्तकज्युहरुलाई  १० जनवरी २०१७, मंगलबार दिउसो ठीक २ बजे गैह्र आवासीय नेपाली संघ, पोर्चुगलको कार्यालयमा उपस्थित भै दिनु हुन  गैर आवासीय नेपालि संघ पोर्तुगलले हार्दिक अनुरोध गरेको छ   । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!