रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु, ३ जना घाईते

Posted on: 11 Jan, 2017

प्रज्वल पौडेल । पुस २७, रामेछाप । रामेछापमा टिप्पर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । बुधबार (आज) बिहान ७:४० बजे तिरको समयमा मन्थलि .नपा. १ मक्षेडाँडीमा टिपर दुर्घटना हुदाँ सिन्धुली जिल्ला भद्रकाली - ८ का १८ बर्षिय रमेश बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा घाईते हुनेहरू मध्ये सिन्धुलीका २१ बर्षिय मोहन खड्का र चालक सर्लाही जिल्लाका ३० बर्षिय मुकुन्द घिमिरेको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी धुलिखेल अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता प्रेम जाेशीले जानकारी दिनुभयाे । जाेशीका अनुसार रामेछाप डडुवा ५ का २१ बर्षिय कुसुम थामीको तामाकोशी अस्पताल मन्थली रामेछापमा उपचार भई रहेको छ । घटनाको प्रारम्भिक अनुसन्धानमा टिपर तिब्रगतिमा रहेको र मोडमा चालकले उचित नियन्त्रण गर्न नसकेकाे देखिएकाे र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

बिट्टाटार स्थित बज्रगुरु निर्माण सेवा कम्पनिको क्याम्पबाट मन्थलि भैसेश्वर तर्फ आउदै गरेको ना.१ अ यो ५७ नं. को बज्रगुरु निर्माण सेवा कम्पनिले प्रयोग गरेको योजनाको टिपर सडकबाट अन्दाजि ८०-९० मिटर दाहिने तर्फ खसेर साे सवारी दुर्घटनामा भएकाे बताईएकाे छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!