तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

Posted on: 18 Jan, 2017

माघ ५, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ । 

तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई बर्ष अघि रोजगारिका लागि आई अलपत्र  परेकामा नृप बहादुर टमट्टा, जगत बहादुर कुवर र अम राज सार्की  (अछाम) र लोगे टमट्टा र भुवन कुवर (कैलाली) थिए  ।

उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारिमा आए पछि हामिले उनिहरुको तलब, टिकट र पासपोर्टका लागि रोजगार दाता कम्पनी संग आबस्यक पहल थालेका थियौ ।

कम्पनिले टिकट र कम्पनी चलेको बखतको तलब सुबिधा र पासपोर्ट तत्काल फिर्ता दिने भए पछि र बाकी रकम कम्पनिको मुम्बई स्थित कार्यालयमा कुरा गर्ने पीडित साथिहरुको सहमती भएपछी उनिहरुलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ, संघका तान्जानिया अध्यक्ष रोशन थापाले भने ।

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले संघको तान्जानिया समितीले कुशलता पुर्बक उददारको संयोजन गरि बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुशी व्यक्त गर्नु भयो । यस कार्यको लागि आबस्यक सहयोग र सल्लाह दिने प्रीटोरिया स्थित नेपाल दुतावास, महामहिम राजदुत अमृत बहादुर राई र संघका अन्तरास्ट्रिय समितीका केाषाध्यक्ष हिक्मत थापा प्रती आभारी छौ, उनले अगाडि  भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!