दुबईमा नेपाली फेशन शो हुँदै

Posted on: 04 Feb, 2017


माघ २२, दुबई | दुबईमा यही फेब्रुअरी १० तारिखका दिन फेसन सो आयोजना हुने भएको छ । फेसन फ्युजन २०१७ नामको उक्त कार्यक्रमबारे आयोजकले बर दुबईमा रहेको सिराज लस्सी क्याफेटेरियामा पत्रकार सम्मेलन समेत गरेको छ । 

रोयल आइल्याण्ड जनरल ट्रेडिंग तथा छेपारो डट कम का संचालक आकाश खतिवडाले नेपाली पोशाकलाई प्रोत्साहन गर्न कार्येक्रम गर्न लागिएको बताएका छन् । उनका अनुसार अनलाईनबाटै बिभिन्न सामानहरु खरिद गर्न सकिने बिजिनेस पोर्टल छेपारो डट कमको औपचारिक उद्घाटन समेत उक्त कार्यक्रमबाट गरिने छ । छेपारोले नेपाल, युएई, बहराइन र कतारबाट एकैपटक आफ्नो सेवा सुचारु गर्दैछ । 

आयोजक कमिटिका बालकृष्ण मरासिनीले कार्येक्रम मा १० जना बाल बालिका, १० जना महिला मोडल र ५ जना पुरुष मोडललाई र्याम्पमा उतारिने जानकारी दिएका छन् । नेपालमा थुप्रै फेसन शो गरिसकेकी तृष्णा गुरुङको दुबईमा हुने फेसन शो भने पहिलो अन्तर्राष्ट्रिय सोलो शो रहेको छ । उनले नेपाली संस्कृति झल्किने र फेसनलाई फयुजन गरेर तयार पारेका पहिरनहरु लगाएर मोडेलहरु र्याम्पमा उत्रने बताईन । आफुले मोडेलहरुलाई अश्लिल देखाउने खालका पहिरन नभई ग्ल्यामरस लूक्स झल्किने तर्फ़ ध्यान दिएको पनि बताईन । सहभागि मोडेलहरुलाई सावित्री केसीले कोरिओ ग्राफी गराउने छिन् ।

मृगतृष्णा फेसन हाउसको संचालिका डिजाइनर तृष्णा गुरुङ र कोरियो ग्राफर सावित्री केसी दुबई आइपुगे देखीनै फेसन शोमा सहभागी मोडेलहरुलाई प्रशिक्षण सुरु गरिसकेको बताइएको छ । कार्यक्रमका मुख्य आयोजक रोयल आइल्याण्ड जनरल ट्रे डिंग तथा छेपारो डटकमका सञ्चालक आकाश खतिवडा, मृगतृष्णा फेसन हाउसकी संचालिका फेसन डिजाइनर तृष्णा गुरुङ, आयोजक समितिका सदस्य बालकृष्ण मरासिनी र नेत्र चापागाईले पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा गायक हेमन मोक्तानको पनि बेजोड प्रस्तुति रहनेछ । फेशन फ्युजनमा सोजटोपर रुपमा मिस नेपाल २०१४ सुबिन लिम्बु, चर्चित नेपाली नायीकाहरु पूजना प्रधान, रजनी केसी र वर्षा राउतको समेत उपस्थिति रहनेछ । बर दुबईको बैंक स्ट्रीटमा रहेको फोर पोइन्ट्स बाई शेराटोन होटलमा हुने कार्यक्रममा दर्शकका लागि साझ ६३० बजे देखि गेट खुला हुनेछ । आयोजकले दर्शकका लागि १००, २०० र ५०० (साथमा डिनर) का टिकट तोकेको छ भने टिकट कार्यक्रम स्थलबाट समेत लिन सकिने बताइएको छ ।

हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ गर्न लागिएको यो कार्यक्रमले नेपाली फेसनको अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्न टेवा पुराउने आशा गरिएको छ । आयोजकले यस नेपाली फेसन शो मध्य पुर्विय क्षेत्रमै पहिलो पटक हुन लागेको दावी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!