एनआरएनए अमेरिकाको उपाध्यक्षमा सर्बज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Posted on: 28 Feb, 2017


फागुन १७, अमेरिका  l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l 

उपाध्यक्षमा उम्मेदवारी किन ?

मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा वसेर एनआरएनएलाई संसारमा चीनाउन संचार समक्ष लाने जुन प्रयत्न गरे । मलाई एनआरएनएको मिडिया कोअर्डिनेटरमा आउन विध्वान तथा समाजमा नेतृत्व गरिरहनु भएका साथीहरूले भन्नु भयो र मैले निवेदन दर्ता गरेको हो । 

सम्पूर्ण संचारकर्मी साथीहरूले पत्रकार साथीहरूले मेरा विरूद्ध निवेदन नराखेर निर्विरोध गराउनु भयो म सबै सबैलाई धन्यवाद पनि दिन चाहन्छु ।

मैले यो २ वर्ष सम्म त्यसरी नै काम गरे र अहिले म महा-सचिवमा उठने भनिए पनि धेरै साथी भाइहरूको सल्लाह वमोजिम उपाध्यक्षमा उठने सुझाव आएकोले आजका मिति देखि उपाध्यक्षमा उठने घोषणा गर्न चाहन्छु ।

१)   गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन समय नजिक आउँदै गर्दा नेतृत्वका प्रत्याशी संख्या पनि बढ्दो छ । तर एनआरएनए अमेरिकालाई आईसीसीको नेतृत्व तह सम्म कसरि पुर्याउने भन्ने हाम्रो सोचलाई सफल वनाउन एजेण्डा सहित यहाँका विध्वान साथीहरूलाई पुर्याउनका लागि ।

2) राजनीति, जातजातीका आधारमा बिभाजित अमेरिकाको नेपाली समाजलाई एकशुत्रमा गाँस्ने, एनआरएनलाई साँच्चै नेपालीको हितका लागि खोलिएको संस्था हो भनेर चिनाउने अभियान लिएर उनी उम्मेदवारीमा होमिएका छन् ।

३) नेपालमा संयुक्त लगानी गर्न स्वास्थ्य,शिक्षा,जल विध्धुत्,पर्यटन,आदिका विषयमा संयुक्त लगान गरि ग़ैर आवासीय नेपालीसग काम गर्ने भनी नेपाल सरकारले हाम्रो आईसीसीसग कुरा अगाडि वढाएको छ त्यसैलाई निरन्तरता दिन र त्यसको नेतृत्व अमेरिका देखी संसारका कुना कुनामा  वस्ने दक्ष जनशक्ति लाई नेतृत्व सम्म ल्याउन ।

४) हाम्रो अर्को जेनेरेसन जुन पूर्ण रूपले नेपाली पनि हुन सकेको छैन् र अमेरिकन पनि हुन सकेको छैन् । ऊ त केवल चेपागाँडा भएको छ । माछा भनौ उसको खुट्टा छ भ्याकुता भनौ उसको पुच्छर छ । त्यसलाई हाम्रो संस्कार र यहाँको टेक्नोलोजीले सफल व्यक्तित्व वनाएर देशसँग जोड़ने महत्वपूर्ण कार्य गर्न सक्ने एनआरएनएको सवल नेतृत्व वनाउन ।

५) हामीले अमेरिकामा रहेका संघ संस्थासँग हातेमालो गरि पत्रकार,विध्यार्थी,समस्यामा रहेका नेपालीहरू,व्यापार काम रोज़गार वस्ने व्यवस्थाको समन्वय गरी दक्ष नेपाली जनसक्ति देश भित्र र वाहिर तयार गर्न एउटा अभियान चलाउनु पर्ने ज़रूरी छ ।

६) सकारात्मक समाजको सृजनात्मक विकास गर्न र संसार का कुनै पनि देश संग नभएको गर्व गर्ने महान कुरा हामी संग छ । त्यो हो-सन्सारको सबै भन्दा अग्लो हिमाल सगरमाथा, भगवान बुद्ध जन्मेको देश, राजा जनकको देश, सिता जन्मेको देश, हिमालै हिमालको देश, अनि नदि नालाको देश, विर नेपालीको देश, प्राकृतिक सम्पदाले भरिपुर्ण देश । 

यतिको मात्रै सन्सारमा प्रचार गर्न सक्यो भने ,यतिको मात्रै संयुक्त लगानि गरेर बिकाश गर्न सक्यौ भने अब हाम्रा दाजुभाई दिदी बहिनीहरू काम खोज्दै विदेश भौतारिनु पर्दैन । नेपाल संसारको प्रथम पर्यटकीय देश बन्न सक्छ । त्यो काम एनआरएनले नेपाल सरकार संग मिलेर गर्न सक्छ र त्यसको प्रचार पनि एनआर एनले संसार भरि गर्न सक्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!