दार्चुलामा हालसम्म २१ थान हतियार प्रहरीमा बुझाइए

Posted on: 30 Mar, 2017

लोकेन्द्र प्रशाद जोशी | चैत्र १७, दार्चुला | गृह मन्त्रालयले इजाजत लिएर राखिएका निजी हतियार फिर्ता लिन निर्देशन गरे अनुरुप स्थानीय प्रशासनले हतियार बुझाउन सार्वजनिक अपिल गरेपछि हालसम्म २१ थान हतियार प्रहरी चौकीमा बुझाएका छन । आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने भन्दै गृहले हतियार खोज्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको थियो । 

चुनाव अवधिभरका लागि ती हतियार फिर्ता लिने भनिएपनि जिल्लामा इजाजत प्राप्त हतियार संख्या कति छ भन्ने एकिन संख्या भने छैन । हालसम्म जिल्ला प्रहरी कार्यालयमा २ थान प्रहरी चौकी लालीमा २ थान, इलाका प्रहरी चौकी रिठाचौपातामा १ थान हतियार जम्मा भएको छ । भने सबैभन्दा बढी प्रहरी चौकि मालीकार्जुनमा ११ थान र प्रहरी चौकि संकरपुरमा ५ थान हतियार जम्मा भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । यसअघि द्धन्द्धकालमा बुझाइएका हतियारहरु केहि नष्ट भएको तथा पुन नविकरण गर्दै नयाँ बनेका हतियारहरुको एकिन संख्या आउन नसकेको डिएसपी खनालले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बारबोर हतियार २१ जनाले नविकरण गरेका छन् । भने ११ थान बारबोर हतियार नविकरण नभएको जनाइएको छ । जिल्लाका हरेक साविकका गाविसमा भरुवा बन्दुक रहेपनि के कति नविकरण भयो भन्ने जानकारी नआएको सहायक प्रमुख जिल्ला अधिकारी हर्कबहादुर सिंहले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको पूरानो अभिलेख अनुसार जिल्लाभरी झण्डै ७ सय ८४ थान बढि भरुवा बन्दुक रहेका छन् । तर पछिल्लो द्धन्द्धकालयता नविकरण भए नभएका हतियारबारे गाविसस्तरमा मात्र जानकारी हुने उहाँको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!