प्रथम “उत्तर अमेरिका तामाङ सम्मेलन” अमेरिकाको न्युयोर्कमा हुने

Posted on: 13 Apr, 2017

चैत ३१, अमेरिका l अमेरिकाको न्युयोर्क शहरमा  “उत्तर अमेरिका तामाङ सम्मेलन” आगामी सेप्टेम्बर २-४ सम्म हुने भएको छ l 

तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त तयारी बैठकमा क्यानडा लगायत अमेरिका भरिका तामाङ संघ-संस्थाको  प्रतिनिधि एंव बिभिन्न  ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । भेलाले तमाङ सोसाइटी अफ अमेरिकाको बर्तमान अध्यक्ष शान्तबाबु थोकरको सन्योजकत्वमा  २५ सदस्य तदर्थ समिती गठन गरी आगामी मे २१,२२ २०१७ मा सम्पन्न गरिने निर्णय गरेको थियो l  

तर पर्याप्त समय नभएको कारण गत अप्रिल ९ आईतबार संयोजक शान्ताबाबु थोकर को अध्यक्षतामा बसेको कन्फ्रेन्स बैठकले आगामी सेप्टेम्बर २ र ३ २०१७ मा अमेरिकाको न्युयोर्क शहरमा सांस्कृतिक कार्यक्रम ( डम्फु साँझ ) सहितको प्रथम  उत्तर अमेरिका तामांग  सम्मेलन भव्यताको साथ सम्पन्न गरिने गरी बिभिन्न उप समितीहरु गठन गरिएको छ ।

सम्मेलनमा नेपाल लगायत अन्य देशका तामाङ संघ संस्थाका प्रतिनिधि एवं तमाङ व्यक्ति ब्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिनेछ ।

३ तीन दिने उक्त्त सम्मेलनमा पहिलो दिन उद्घघाटन सत्रमा उत्तर अमेरिका तमाङ संस्थाको बिषयमा र तमाङ भाषा धर्म र संस्कृतिको बिषयमा सम्बन्धित क्षेत्रका बिज्ञहरुलाई आमन्त्रन गरी छलफल गरिने छ l यसै गरि दोस्रो दिन अधिबेशन सम्पन्न गरी उत्तर अमेरिकि तमाङ संस्थाको कार्यसमिती चयन गरिने छ l र सोही दिन बेलुकी सास्कृतिक कार्यक्रम (डम्फु साँझ )आयोजना गरिने भएको छ l 

अन्तिम र तेस्रो दिन ४ तारिखमा प्रतिनिधि एबम पाहुनाहरुको बिदाई कार्यक्रम गरिने कुरा तमाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष  एंव उत्तर अमेरिका तामाङ सम्मेलनका संयोजक शान्त बाबु थोकरले जानकारी गराउनु भएको छ l 


यस बिषयमा तपाइको प्रतिक्रिया...!