कतारका लागि नेपाली राजदूतमा कोइराला नियुक्त

Posted on: 16 Apr, 2017

बैशाख ३, काठमाडौं । कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइराला नियुक्त भएका छन् ।

सरकारको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले कोइरालालाई राजदूत नियुक्त गरेकी हुन् ।

यस्तै इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फागुन ९ गते मन्त्रिपरिषद्को दोस्रो बैठकले विभिन्न १४ देशका लागि नेपाली राजदूत सिफारिस गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!