थानेश्वर गौतम र रामजी नेपालीले बार्सिलोनाका नेपाली नचाए

Posted on: 19 Apr, 2017

बिजय शर्मा दर्पण | बार्सिलोना । नेपाली जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयाँ बर्ष २०७४ सांस्कृतिक कार्यक्रम भब्यरुपमा बार्सिलोनामा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष इन्द्रप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा पर्यटन दुत चिन्तामणि सापकोटा , एनआरएनका अध्यक्ष मुक्त बहादुर गुरुङ, पर्यटन दूत दीपक खरेल, नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिष्ठ सल्लाहकार हरी पौडेल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थित रहेको थियो ।


चर्चित रहेको मार्यो नि मायाले सालैजो गीतको साथैमा, पन्चे बाजाका गीतहरु, स्याङ्गजा गए पाल्पा गए ,बिर्सिएर शृङ्गारमा गाजल लगाईन्छ्यौ लगायतका चर्चित गीतहरु गाएर गायक थानेश्वर गौतमले मनोरंजन दिएका थिए साथै गायक रामजी नेपालीले जवानीमा तानेको गाजा गाजा त्यहि गाजाले, सालैजो गित भिरको टुनी किन हो रुनी लगायतका गितहरु गाएका थिए । साथै उक्त सांस्कृतिक कार्यक्रममा गायिकाद्वय सुमी घिमिरे सापकोटा र अनुजा थापाले पनि आफ्नो लोकभाका प्रस्तुत गर्नु भएका थिए । कार्यक्रम महामन्त्री रामप्रसाद सापकोटा बिराज सदस्यद्वय लक्ष्मण खत्री र अन्जु अधिकारि तिमिल्सिनाले चलाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!