अष्ट्रेलिया पठाउने दलालहरुको धन्दा चौपट, फोर फाइभ सेभेन भिसा खारेज

Posted on: 19 Apr, 2017

बैशाख ६, काठमाडौँ | अस्ट्रेलियन सरकारले दक्ष जनशक्ती भित्र्यााउने उद्धेश्यले प्रदान गर्दै आएको फोरफाइभ सेभेन भिसा रद्द गर्ने निर्णय गरेसंगै त्यसको प्रभाव नेपालीमा पनि देखिने भएको छ । मंगलबार अस्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले दक्ष कामदारका रूपमा विदेशी भित्र्याउने यस्तो भिसा बुधबारदेखिनै लागू हुने गरी रद्द गरेको घोषणा गरे ।

अस्ट्रेलियन सरकारले यो भिषामा लगाएको रोक सँगै नेपाली ब्यवसायीहरूको बलियो आम्दानीको स्रोत बन्द भएको छ भने दक्षता भएका नेपालीहरु छोटो बाटो भएर अस्ट्रेलियामा स्थायी बसोबास गर्ने अवसर बन्द भएको छ । सरकारले फोर फाइभ सेभेन अन्तर्गतको भिषा रद्द गरेपनि अस्थाई बसोबास गर्न प्पाउने २ वा ४ बर्षे भिषाको भने ब्यवस्था गर्ने जनाएको छ । 

नयाँ नीतिसंगै अस्ट्रेलियन पीआरको लागि समेत अब समस्या देखिएको छ । दक्ष कामदारले सजिलै पाउने पिआर समेत अब सहज छैन । अष्ट्रेलियामा फोरफाइभ सेभेन भिषा पाउनको लागि नक्कली काम भएको बिषयमा सरकारले ध्यानाकर्षण गर्दै त्यस्तो खालको भिषा बन्द गराएको हुन सक्ने बताइएको छ ।

नेपालमै पनि बार्षिक सयौंको संख्यामा नेपालीहरुले यस्तो खालको भिषा पाई अष्ट्रेलियामा गएका थिए जसमा निकै ठूलो रकमको चलखेल हुने गरेको थियो । अब भने यस्तो खालको भिषामा अष्ट्रेलिया पठाउनेहरुको धन्दा चौपट भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!