एनआरएन मेड्रिडद्वारा कलाकार दीपक क्षेत्रीलाई नगद रकम हस्तान्तरण

Posted on: 27 Apr, 2017


 बैशाख १४, स्पेन । एन आर एन ए क्षेत्रीय समिति मेड्रिडको सक्रियतामा कलाकार दीपक क्षेत्री उपचार्थ संकलित आर्थिक सहयोग नगद रकम हस्तान्तरण गरिएको छ।

मेड्रिड निवासी गैर आबासीय नेपालीहरुको साझा सस्था एन आर एन ए क्षेत्रीय समिति मेड्रिडले नेपाली नयाँ बर्ष २०७४ कार्यक्रम गर्दै गर्दा कलाकार दीपक क्षेत्रि लाई सहयोग गर्न सबैलाई अनुरोध गरेको थियो ।

समितिले आयोजना गरेको नेपाली नयाँ बर्ष २०७४ कार्यक्रमको दिनमा सहयोग स्वरुप १९७ यूरो र २२० यूरो थप समितिबाट जम्मा गरि कुल ४१७ यूरो उठेको हो । मेड्रिड निबासी गैर आवासीय नेपालीहरु सबैको सहयोगले गर्दा नै कलाकार दिपक छेत्रीको उपचारका लागि सहयोग जुटेको बताउदै अध्यक्ष रोशन पाठकले जानकारी दिएका छन् । धेरै सहयोगी कार्य हरुमा सहयोग गर्दै आउनु भएको छ यसपाली पनि सबैले सहयोग गर्नु भएको छ उनले थपे ।

कलाकार क्षत्रीको उपचारमा खटिएका डाक्टर हरुले उनलाई धेरै बोल्न नमिल्ने बताए सगै पछि निको भएपछि आफुलाई सहयोग गर्ने सबैलाई सम्झेर बोल्ने बताएका छन्। पत्रकार बिष्णु कल्पित सगै एन आर एन मेड्रिड शाखाबाट उक्त सहयोग रकम लग्ने कुल प्रसाद चापागाई लगाएतले कलाकार दीपक क्षत्रीकी धर्मपत्नी सहित उक्त संकलित सहयोग रकम हस्तान्तरण गरेका छन् ।

बिगत चार बर्ष देखी आफ्नो घाटीमा मासु पलाएर उपचार हुन धेरै रकम लाग्ने भएर उक्त रकमको अभाबमा उनको उपचार हुन नसकेको विभिन्न मिडियामा आए सगै देश विदेशमा रहेका नेपालीहरुले लाखौ सहयोग जुटाई यो समयमा उनि उपचारको क्रममा अस्पतालमा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!