सुबर्ण सम्सेरका नाति जनसम्पर्क समिति स्विसको सल्लाहकारमा नियुक्त

Posted on: 08 May, 2017


बैशाख २५, स्विटजरल्याण्ड  । नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डले  ऋषि राज सिंहलाई सल्लाहकारमा मनोनयन गरेको छ ।  समितिका अध्यक्ष श्याम सापकोटाले नेपाली कांग्रेसका संस्थापक सभापति सुबर्ण सम्सेर राणाका नाति सिंहलाई    समितिको   गरिमामय सल्लाहकार पदमा चयन गरेका हुन्  ।

नवनियुक्त सल्लाहकारको  सक्रियता तथा सुझाव, सर सल्लाहबाट यस समितिले अझै सकारात्मक गति, दिशा र उर्जा प्राप्त गर्ने विश्वास गर्दै सिंहले   हाम्रो निवेदन स्वीकार गरि पदको जिम्मेवारी वहन गर्नुभएकोमा  सापकोटाले धन्यवाद   ज्ञापन गर्नु भएको प्रबक्ता बिजय शर्मा दर्पणले बताउनु भयो   ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!