घिसिङ्गलाई रुवाएको भन्दै पत्रकार बानियामाथी आक्रमण, धमाधम स्टाटस डिलिट गर्दै बानिया !

Posted on: 10 May, 2017

बैशाख २७, काठमाडौँ | नेपाल बिद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ्ग बिरुद्ध समाचार लेखेको भन्दै पत्रकार बलराम बानियामाथी सामाजिक संजालमा सर्वसाधारणले कमेन्टमार्फत आक्रमण अभियान चलाएका छन् |  

पत्रकार बानियाको फेसबुकमा उनिबिरुद्ध कमेन्ट गर्नेको ओइरो लागेपछि बानियाले आफ्नो प्रोफाइलबाट यसअघि पोष्ट गरेको सबै स्टाटस धमाधम डिलेट गरिसकेका छन् | उनले २०१७ मा फेसबुकमा राखेका सबैखाले पोष्ट डिलेट गरिसकेका छन् भने धमाधम २०१६ अगस्टसम्मका पोष्टहरु समेत डिलेट गरिसकेका छन् | फेसबुकमा उनका सबै स्टाटसमा कमेन्टको ओइरो लागेपछि बानियाले धमाधम स्टाटसनै डिलेट गरे तर पछी जति गरेपनि कमेन्ट गर्नेले नछाडेपछी उनले कमेन्ट नै गर्न नमिल्ने बनाए | 

फेसबुक प्रयोगकर्ताहरुले कुलमान जस्तो स्वच्छ छबी भएको व्यक्तिको मान हानी गरेको र देशमा राम्रो काम गर्नेहरुलाई हतोत्साही बनाउने प्रयास गरेको भन्दै उनिबिरुद्ध बिभिन्न आरोप लगाएका छन् | फेसबुकमा उनिबिरुद्ध नकारात्मक कमेन्टको ओइरो लागेपछि उनले आफुले फेसबुकमा राखेको सबै स्टाटस धमाधम डिलिट गरिसकेका छन् | तर आफुले लेखेको समाचारलाई पुष्टि गर्ने धैर्यता नराखी फेसबुकमा आफ्ना पोष्टहरु डिलेट गर्न थालेपछि सर्वसाधारणले उनलाई अझै नकारात्मक रुपमा बुझ्ने बल पाएका छन् | 

यी हुन् उनले डिलेट गरिसकेका मध्ये केहि स्टाटसहरु: 


\

>> NIC ASIA बैंकमा रोजगारीको अवसर: यहाँ क्लिक गर्नुहोस 

>> आज अपडेट भएको सबै बैदेशिक रोजगारीको डिमाण्ड हेर्नुहोस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!