स्याङ्जा सहयोग समाजको नेतृत्वमा गैरे

Posted on: 20 May, 2017

जेठ ६, दुबई | शुक्रबार वर दुबईको चौतारी रेस्टुरेन्टमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशन खगेन्द्र गैरेलाई अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ ।

समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिबेशनमा  नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, एन आर एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, राजु पाण्डे, जिबन शर्मा, लेखनाथ न्यौपाने, लक्ष्मण खनाल, ऋषि बस्याल लगायतले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजन एकेन्द्र बहादुर थापाको सभापतित्वमा सम्पन्न दोश्रो चरणको कार्यक्रमले सर्बसहमती सहितको कार्यसमिति चयन गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि डुम्रे, उपाध्यक्षमा राजु केशी र प्रेम भण्डारी त्यस्तै महासचिवमा ओमकार पोख्रेल, सचीवमा पर्शुराम भण्डारी (कल्पित) र प्रकाश ढकाल कोषाध्यक्षमा डिल्ली राज न्यौपाने ( दिपक ) सहकोषाध्यक्षमा जिबन प्रसाद पाठक प्रवाक्तामा मनु क्षेत्री चयन भएका भने सदस्यहरुमा मित्र लाल पाण्डे, हरि अधिकारी, आरती वाग्ले, पिताम्बर अर्याल, प्रदीप भट्टराई , यमनसिङ राना भाट, सबिना पराजुली डुम्रे, बिष्णु गैरे,वीर बहादुर थापा, मिना कुमारी गैरे, अर्जुन न्यौपाने चयन भएका छन् ।

युएईमा रहेका नेपालीहरुलाई भैइपरि आउने समस्यमा समाजले सहयोग गर्दै आएको छ । २०११ मा स्थापना भएको समाजले आफ्नो जिल्लामा कम्प्युटर अभियान बृद्रा आश्रम मा सहयोग लगातका थुप्रै कामहरू गरिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!