लाखौं डलर कमाउने धन्दा चलाएपछी नेपालीद्वारा सञ्चालित अष्ट्रेलियाको रोयल गुर्खा कलेज बन्द

Posted on: 27 May, 2017


जेठ १३, काठमाण्डौ । अष्ट्रेलिया सरकारले नेपाली मूलका ब्यबसायीद्वारा सञ्चालित रोयल गुर्खा इन्सटिच्यूट अफ टेक्नोलोजी कलेज बन्द गराउने भएको छ । प्राबिधिक शिक्षा पढाएबापत कलेजहरुलाई दिने रकमको चरम दुरुपयोग गरेको ठहर भएपछि सरकारले यस्तो निर्णय लिएको हो ।

अष्ट्रेलिया सरकारको नियमनकारी संयन्त्रले कलेजको अनुगमन तथा अनुसन्धानबाट कलेजले नक्कली बिद्यार्थी खडा गरी सरकारबाट लाखौं डलर रकम लिएको पुष्टी गरेको छ। कलेजको बिषयमा २०१५ बाटै सतर्क हुनुपर्नेमा निरन्तर लाखौँ रकम दुरूपयोग हुन थालेपछी सरकारले पछिल्लो समय यस्तो निर्णय लिएको हो  । 

कलेज बन्द भएसँगै त्यहाँ कार्यरत करिव २ सय कर्मचारी बेरोजगार हुनेछन् भने करिव १४ सय बिदेशी बिद्यार्थीको भविष्य पनि अन्यौलमा परेको छ । तर, कलेजले भने बिज्ञप्ति जारी गर्दै सरकारको यो निर्णयमाथि पुनराबेदन गर्ने र अन्तिम निर्णय नआउँदासम्म कलेज सञ्चालनमा रहनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!