युएईमा आठौं तलाबाट खसेर एक नेपालीको मृत्यु

Posted on: 09 Jun, 2017

जेठ २६, दुबई । युएईमा आठौं तलाबाट खसेर एक नेपालीको मृत्यु भएको छ । 

मोरङ इटहरा ९ का सविन खड्का काम गर्ने क्रममा सिँढीमा चिप्लिएर ८ ताला मुनि खसेका थिए  । उनको घटना स्थलमै मृत्यु भएको \ आबुधाबी हेल्थ अथोरिटीले गरेको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

मृतक सविनको शव बुधवार नेपाल ल्याइएको छ । कम्पनीले मृत्युको कारण सहित कानुनी प्रकृया गरेपछि शव नेपाल ल्याइएको हो ।  

२६ वर्षिया सविन बिन मजिद होटल एन्ड रिसोर्ट अन्तर्गत आबुधाबीको मुसरिफ मल नजिकै रहेको नेहाल होटलमा कार्यरत थिए । उनी गएको बैशाख १४ गतेबाट हाउसकिपिङको काममा आएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!