मलेशियाको हरिराय कनसर्ट २०१७ मा राजेश पायल राई आउंदै

Posted on: 10 Jun, 2017

जेठ २७, मलेशिया । वैदेशिक रोजगारी प्रमुख गन्तव्य मलेसिया स्थित मलक्का र जोहोर बारु राज्यमा मुस्लिम हरिरायको अवसरमा " हरिराय कन्सर्ट २०१७ " हुने भएको छ । 

उक्त मलेसियामा हुन लागिरहेको कार्यक्रममा सहभागी हुन " राई ईश किङ" राजेश पायल राई जाने भएका हुन ।

मुस्लिम समुदायहरुको महान पर्व रामादान ( हरिराय ) को अवसरमा मलक्का स्थित देवन हाङ तुह ओसन हलमा २५ जुलाईमा आयोजना गर्ने लागिएको आयोजक मिलनसार युवा कल्ब मलक्काका सदस्य प्रदीप राईले जानकारी दिएका छन ।

कार्यक्रममा " राई ईज किङ" सुपर स्टार गायक राजेश पायल राईको अलावा , लोक गायिका मिना लामा , मोडल तथा नृत्यङ्गना मल्लिका थोकर तामाङ र दिनेश काफ्ले हास्य कलाकार नेपालबाट आउने जनाईएको छ ।

यसका साथै मलेशियाको विभिन्न भागमा छरिएर रहेका नेपाली कलाकारहरु सरोज राई , श्री राई , अनुराग श्रेष्ठ , सुमन सन्जिद , केसब राना , बिजय राई , मान कुमार राई , सुमन मगर , मृग बहादुर बुढा , सबिन कुलुङ , अनुज राई , हस्त राई , पत्न राई तथा लोक गायिका बसन्ती थापा मगर ले साङगित प्रस्तुती दिनेछन ।

यसैगरी नृत्यमा प्रतीक्षा राई , सुनिमा तामाङ , खुसी मगर , मेगा मगर र हिरा / शर्मिलाको प्रस्तुति पस्कनेछन । मलेशियामा रहेको कलाकारहरुलाई कार्यक्रम संचालन बिनोद लामा र बिजय राईले गर्नेछन भने राष्ट्रिय नेपालबाट गएको कलाकारले स्वयं प्रस्तुति पस्कने कार्यक्रम आयोजना कल्बका सदस्य प्रदिप राईले बताए ।

कार्यक्रम मकालु साङ्गितिक सरगमले मलेशियामा पहिलो पटक आयोजना गरेको भए पनि कार्यक्रम मनोरञ्जन मुलक रहनेछ । २५ जुलाईमा मलक्कामा कार्यक्रम गरि २६ तारिख जोहोर बारुमा दोस्रो कार्यक्रम गर्न लागिएको हो ।

मलेशियामा हरिरायको अवसरमा सार्वजनिक बिदा हुने र उक्त समयमा प्रवासमा रहेर पनि नेपाली सङ्गीत , कलाकारलाई माया सद्भाव राख्ने र नेपाली दाजुभाइ दिदिबहिनीमा आत्मीयता थप्ने कार्यक्रमको उद्देश्य रहेको छ । मलेशियामा हरेक साल हरिराय तथा चाइनिज न्यु इयरको समयमा साङ्गितिक कार्यक्रम हुने गर्दछन ।

आयोजकका सदस्य प्रदीप राईका अनुसार कार्यक्रमको तैयारी सबै अन्तिम चरण पुगेको बताएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!