साउदीबाट ७ हजार ३ सय नेपाली फर्किए

Posted on: 29 Jun, 2017

असार १५, साउदी | साउदी अरबले गैरकानुनी हैसियतमा रहेका कामदारलाई दिइएको ९० दिनको आममाफी दिएपछी ७ हजार ३ सय नेपाली कामदार स्वदेश फर्केका छन् । गत मार्च २९ तारिखबाट लागू भएको आममाफी जुन २५ बाट सकिएको छ । 

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीको दमाम, रियाद र जेद्दाबाट गैरकानुनी हैसियतमा कार्यरत नेपाली बिना सजाय स्वदेश फर्केका हुन् । नेपाल सरकारले साउदीबाट नेपालीलाई फर्काउन ५० लाख रुपैयाँ सहयोग गरेको छ । 

अब आम माफीको म्याद सकिएपछी साउदीमा गैरकानुनी रुपमा बसेका अरु नेपालीलाई भने साउदीले जरिवाना लगाउने घोषणा गरेको छ । 

आममाफीको फाइदा उठाई नेपाल फर्कनेहरुलाई दूतावासले ट्राभल डकुमेन्ट जारी गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!