च्यारीटी म्याच नेपालमा खेल्ने एफ्सी केन्ट भेटरेनको निर्णय

Posted on: 23 Jul, 2017


सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ ।

बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यताबाट उत्साह पुर्बक बढीरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब केन्ट भेटेरेन” को स्थापना २०१४ मा भए यता यस क्लबले ३ वर्ष भित्रै धेरै टुर्नामेन्टहरु जितेर छोटो समयमै ख्यातिप्राप्त गरि एक उदाहरणिय क्लब बनेको छ । 

हालसालै बेलायतमा हुने नेपाली समुदायविचको सबैभन्दा ठुलो खेल गोरखा कप सरासर ३ पटक जितेर कप पचाएको छ । यस क्लबले केहि च्यारीटी म्याचहरु खेल्ने र त्यस बापत आएको रकमले कुनै च्यारीटी सँस्थारुलाई सहयोग गर्ने प्रतिवद्धताका साथ यस क्लवको स्थापना भएको हो ।

विगत ६ महिनाबाट नेपाल गएर च्यारिटी म्याच खेल्ने योजना बनाउदै आएको यस क्लबले अन्त्यमा नेपाल गएर २ म्याचहरु सन २०१८ को २२ फरवरी देखि ९ मार्च भित्र खेल्ने निर्णय गरेको छ । 

पहिलो मैतृपुर्ण खेल काठमाण्डौमा राजुकाजी शाक्यको सहयोगमा र दोस्रो मैतृपुर्ण खेल पोखराको साहारा क्लबका बिक्रम थकालीको सम्योजकमा खेल्ने निर्णय गरेको हो, कुन दिन को सँग र कसरी खेल्ने र कुन कुन च्यारीटी सँस्थारुलाइ सहयोग गर्ने भन्ने विभिन्न ब्यबस्थापनको काम अर्को मिटिङको निर्णयले पारित गर्ने भएको छ ।

यसै निर्णयसँगै च्यारीटीको लागी स्पोन्सर, डोनेसन सङ्कलनको लागी टिम म्यानेजर बुद्धी सुनुवार, सहायक म्यानेजर भास्कर राई, टिम क्याप्टेन पदम योङहाङ र खेलाडी श्याम लामालाई क्लबले जिम्मा दिइएको छ । नामावली तथा टिम छनौटको जिम्मा भने ट्रेनिङ्कोच लोक चेम्जोङलाई दिईएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!