कोरियाको बंगुरफर्ममा कार्यरत नेपाली युवकको मृत्यु

Posted on: 30 Jul, 2017

अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै पन्ध्र महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिया छिरेका धादिङ घर भएका बंगुरफर्ममै कार्यरत पच्चिस बर्षिय माङ तामाङको आज उपचारका क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको छ ।

छुङनामको ख्याङछन क्षेत्रमा अबस्थित एक बंगुरफर्ममा कार्यरत तामाङ केहिदिन देखि अत्यधिक ज्वरो आउने,वाकवाकी लाग्ने र पखालाबाट ग्रसित भई अस्पतालमा भर्ना गरि उपचार गराईरहेका थिय भने गत बिहिबार देखि उनी अचेत थिय । चिकित्सकले बताएअनुसार उनलाई खतरनाक किटाणुले टोकेको र त्यसको उपचार नभएका कारण उनकोे मृत्यु भएको बतार्ईएको छ ।

यसैै बिषयमा कोरिया स्थीत नेपाली दुतावासका उपनियोग प्रमुख किरण शाक्यले अस्पतालबाट र कम्पनि मालिकबाट मृत्युको जानकारी आएको तर प्रहरी प्रतिबेदन नआईसकेका कारण यस बिषयमा यसै सबै कुरा भन्न नसकिने र नेपालमा रहेका परिवारलाई कुटनीतिक रुपबाट छिट्टै जानकारी गराईने प्रष्ट पार्नु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!