एएनएमएफले बाढी पिडितका लागि ५० हजार डलरको कोष वृद्धि गर्ने

Posted on: 15 Aug, 2017



विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l 

नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको कार्यकारी समितिको बैठकले क्षतिग्रस्त तथा पिडित परिवारलाई सहायता गर्ने निर्णय गरेको छ l 

छिटो भन्दा छिटो राहत तथा सहयोग पुर्याउने उदेश्यले भेला भएको बैठकले $ ५ हजार संकलन गरि सकेको छ भने एक कार्य दल पनि निर्माण गरेको  संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले दिएका छन् l 

सन् १९९७ मा नेपाली मुलका चिकित्सक को प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउनडेसन का संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् l 

गैर मुनाफा सामाजिक संस्था को रुपमा न्युयोर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उदेश्य नेपालका परियोजनालाई सहयोग गर्नु को साथै स्वास्थ्य सेवा पुर्याउनु रहेको छ l 

यसको साथै नेपालका परियोजना लाई प्रबर्धन गर्दै स्वास्थ्य सेवा वितरणमा नेपाल लाई अधिकतम आत्म निर्भरता बनाउनु रहेको छ l संस्थाले नेपालमा गएको भूकम्पमा पिडित परिवार ,प्रकृति प्रकोप ,मानवीय सेवा जस्ता कार्यमा सहयोग गर्दै आएको र हाल पनि स्वास्थ्य सामुदायिक सेवा भवन निर्माण ,स्वास्थ्य चौकी, खानेपानी परियोजना तथा बिगतमा जाडो महिनामा कम्मल वितरण जस्ता काम गर्दै आएको छ l


यस बिषयमा तपाइको प्रतिक्रिया...!