अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकारमा नेपाली युवा

Posted on: 21 Aug, 2017

भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकारहरु मध्ये १७ जनाको टिममा एक जना सदस्यको रुपमा नियुक्त भएका हुन् । 

सापकोटालाई अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यका रुपमा नियुक्ति दिईएको हो । उनले आफु यस पदमा नियुक्त भएसँगै नेपाली बिद्ध्यार्थीको हितमा हुने काम गर्ने प्रतिबद्धता जनाएका छन् । १७ जनाको परिषदमा सदस्य बनेका सापकोटा गत वर्ष निर्माण भएको सल्लाहकार बोर्डमा यो वर्ष जुलाईमा उनी अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसए डट र्इडीयू डट एयूको सभापति निर्वाचित भएपछि उक्त संस्थाको सभापतिको हैसियतले नियुक्त गरिएको हो ।

अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसए डट र्इडीयू डट एयूको सभापति निर्वाचित भएपछि उनलाई फेसबुक मार्फत पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले दक्षिण एशियाबाट सो पदमा पहिलो पटक निर्वाचित भएर नेपाली युवाहरू एक्काइसौं शताब्दीको नेतृत्व गर्न सक्षम छन् भन्ने उदाहरण बनेको भन्दै शुभकामना दिएका थिए । 

विजय सापकोटाको यो नियुक्तिसँगै यहाँको सरकारी डाईरेक्टरिमा उनको नाम प्रकाशित भएको छ (यहाँ क्लिक गरि हेर्नुहोस) । अस्ट्रेलियाको संघीय सरकारका मन्त्रीहरु संसदहरुसहित शिक्षा क्षेत्रका प्रभावकारी ब्यक्तित्वहरु रहेका बोर्डमा नेपालीले पहिलो पटक प्रवेश पाएको छ ।


यस अघि सापकोटालाई अस्ट्रेलियाले वर्ष विद्यार्थीका रुपमा समेत पुरस्कृत गरेको थियो । सापकोटा अहिले अस्ट्रेलियामा अध्ययनरत ६ लाख अन्तर्रास्ट्रिय विद्यार्थीको नेतृत्व गर्ने संस्थाका सभापति हुन् । सापकोटाले विश्वभरीबाट अष्ट्रेलिया आएका बिद्यार्थीहरुको नीतिको लागि काम गर्ने बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!