बाढि पिडितलाई विदेशबाट एक लाख बढी सहयोग

Posted on: 14 Sep, 2017


भदौ २९, जुम्ला । नेपालि जनप्रगतिशिल मन्च मलेसियाले बाढि पिडित नेपालिका लागि राहात रकम पठाएको छ । 

बाढि पहिरोको पिडाले नेपाल अस्तब्यस्त भैरहेको अवस्थामा पिडितको घाउमा थोरै भएपनि मलम पट्टी लगाउन १ लाख १ हजार १ सय ११ रुपैया राहात स्वरुप पठाईएको नेपालि जनप्रगतिशिल मन्च मलेसियाले जनाएको छ । 

माओबादि केन्द्रका पाटि विदेश विभाग सचिब युवराज चौलागाँइको खातामा राहात रकम पठाइएको मन्चका कोपाअध्यक्ष तथा जुम्ली युवा धन बहादुर बुढाक्षेत्रीले जानकारी दिनुभयो । उहाले भन्नुभयो, हामि बाढि पिडितका लागि किस्ता बन्दी राहात संकलन गरेर जति सकिन्छ त्यति रकम पठाउने तयारीमा छौ । देशलाई परेको पिडालाइ कम गर्न विदेशमा रहेका नेपालि युवाहरुको पनि भुमिका हो । 

देशलाइ परेको दुख हामि हेर्न सक्दैनौ, जति सकिन्छ त्यहि रकम संकलन गरेर पिडितको हातमा पर्ने गरी पठाएको उहाको भनाइ छ । राहात संकलन समितिका संयोजक राजु ढुंगना र उपसंयोजक उपेन्द्र प्रसाद न्यौपानेको नेतृत्वमा मेलेसियामा राहात संकलन गर्ने कार्य जारी रहेको बताइएको छ । उक्त राहात संकलन कार्यमा संलग्न भइ गक्ष अनुसारको रकम सहयोग गर्न मलेसियामा रहेका सबै नेपालिहरुलाइ अनुरोध गरीएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!