अमेरिकामा गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहार (भिडियोसहित)

Posted on: 23 Sep, 2017

विजय थापा/असोज ७, अमेरिका । क्यालिफोर्नियामा बस्दै आएकी युवा कलाकार निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास प्रयास भएको बताएकी छिन् ।

२० वर्षीया निक्कीलाई एक नेपाली पुरूषले यौन दुर्व्यवहारको प्रयास गरेको उनले भिडियो सन्देशमा बताएकी छिन् l नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामक व्यक्तिले आफूलाई सांस्कृतिक प्रस्तुति गर्न क्यालिफोर्नियाबाट नर्थ क्यारोलिना आउँदा यौन दुर्व्यवहारको प्रयास गरेको कार्कीको गुनासो छ ।


घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको हो । सोही कार्यक्रममा सहभागी हुन जाँदा गायिका कार्की माथि यौन दुर्व्यहारको प्रयास भएको कार्कीको भिडियो वयानमा उल्लेख छ ।

गायिका कार्की आफूले न्याय पाऊँ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियोमार्फत बताएकी छिन् ।

घटना भएको करिब २ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन  खोजेको महसुस गरी उनले आफ्ना कुराहरु भिडियो मार्फत सार्वजनिक गरेकी छिन् l उनले सबैसँग सल्लाह र सुझाव मागेकी छिन् ।

यत्रो दिनसम्म आफूले पर्खेको र आफूले संस्थाबाट नै कुनै ठोस निर्णय नदिएकाले आफूले सार्वजनिक रुपमा आफूमाथि भएका कुराहरू स्पष्टसँग उजागार गरेकी छिन् । कार्कीले आफू पीडित भएको र पीडामा डुबेको सेप्टेम्बर २१ तारिखका दिन सामाजिक सञ्जाल फेसबुकमार्फत बताएकी छिन् l

मैले न्याय पाइँनः कार्की

कार्कीको भनाइअनुसार सुशीलले कुदृष्टि राख्दै कस्ता कस्ता बहाना गरे र के के भने ?

पहिलोः सुशील नेपालले कार्यक्रमको दिन बिहान ५ बजे विमानस्थलमा गायिका कार्कीलाई आफ्नो निजी गाडीमा लिन गएका थिए ।  तर, उनले गायिका कार्कीलाई कसैले सोधेमा उबर (ट्याक्सी) मा आएको भन्नु, म लिन आएको नभन्नु भनेका थिए । कार्कीले त्यो शब्द सुनेपछि छक्क परेको भिडियोमा उल्लेख गरेकी छिन् ।

दोश्रो- नेपालले पाहुना घरमा पुगिसकेपछि अहिले अतिथिगृहमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताएका थिए । तर, निक्की कोठामा पुगेपछि कोही नभएको र निज व्यक्तिले एकै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन् । र, बीचमा सिरानी राखेको देख्दा उनी योजनामा रहेको आफूलाई लागेको भिडियोमा जनाएकी छिन् ।

गायिका कार्की नेपालले भौतिक रुपमै केही गर्छ भन्ने जस्तो लागेर केही गर्यो भने प्रहरीलाई बोलाउँछु भनी आफ्नो मोबाइल तयारी अवस्थामा राखेको उनले भिडियोमा बताएकी छिन् । तेश्रो- कलाकार निक्कीले आफ्नो कार्यक्रम सकेपछि नेपालले आफ्नो कोठामा बसेर बियर खान आग्रह गर्दा आफूले कहिले पनि मदिरा खादिनँ भनेको भिडियोमा उल्लेख छ ।

अमेरिकामा २१ बर्ष देखि मात्र मध्यपान गर्न पाइने कानुन छ । तर, उनले कोठामा गएरसँगै पिउने प्रस्ताव राख्नुको नियतमाथि शंका उपशंका उब्जिएको कार्कीको भनाइ छ ।

चौथो- कलाकार निक्कीले गीत गाएर कार्यक्रम सकिएपछि आफ्नो कोठामा उनको परिश्रम वापत चेक लिन आउन भनेको र आफूलाई अत्यन्त डर एवं असुरक्षित महसुस भएकाले सम्पूर्ण घटनाको जानकारी कार्यक्रममै भेट भएकी एक महिलामार्फत आफ्नो पीडा सार्वजनिक गरेको कुरा बताएकी छिन् ।

यतिमात्र नभई प्रहरीलाई समेत गुहार मागेको निक्कीले बताएकी छिन् । 

प्रहरीले कुनै भौतिक क्षति नपुर्याएको र भौतिक आक्रमण तथा स्पर्श नगरेको हुनाले सँस्थागत प्रक्रियाबाट नै आउनु भनेकाले अन्तिम निर्णय सँस्थाबाट आउने अपेक्षामा रहेको थिए । तर, नआएकाले कुरा राखेको भिडियोमा उल्लेख छ ।

स्थापना कालदेखि अमेरिकाकै सबैभन्दा राम्रो र कहिले विवाद नआउने,राजनीतिको गन्ध नआउने नेपालीहरुको संस्था नासा-अन्मा पनि विवादमा त्यसै तानिने भएको छ ।

संस्थाले निर्णय ढीलो गरिदिएको हुनाले कलाकार निक्कीले बाध्य भएर घटना सार्वजनिक गरेको बताएकी छिन् ,

गायिका निक्की कार्कीको यो भिडियो हेरौं

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!