मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

Posted on: 24 Oct, 2017

कात्तिक ७, पेनाङ (मलेसिया) । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ ।

सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना कामदार गम्भिर घाइते भएको न्यू स्ट्रेट टाइम्सले जनाएको छ ।

मृत्यु हुनेहरुको नाम खुलाइएको छैन्  तर प्रहरीले मृतक सवै महिलाहरू रहेको जनाएको छ।  यसबारेमा अहिलेसम्म क्वालालम्पुरस्थित नेपाली राजदूतावासले कुनै जानकारी दिएको छैन् ।

मृत्यु हुनेहरू कुन देशका कति नागरिक भन्नेमा अहिलेसम्म मलेसिया प्रहरीले केहि जानकारी दिएको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!