बंगलादेश पढ्न गएकी नेपाली छात्रा मृत फेला, घटना रहस्यमयी

Posted on: 20 Dec, 2017

पुस ५, काठमाडौं । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् ।

ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् ।


उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ । उनका अनुसार साहका साथी र प्रहरीले घटनाबारे दूतावासलाई जानकारी गराएका थिए । 

त्यसपछि मृतकका आफन्तलाई दूतावासले जानकारी गराएको बताएको छ । भतरा प्रहरीले घटना रहस्यमयी भएको भन्दै अनुसन्धान जारी रहेको जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!