कोरियाको चिसो मौसमलार्ई नेपाली कलाकारले तताउँने

Posted on: 01 Jan, 2018

अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ ।

बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्षिण कोरियामा रहेका नेपालीमाझ आपसीभाईचाराको सम्बन्धलार्ई अझ प्रगाढ बनाउँने हेतुले 'झोर्ले साँगीतिक शौगात भाग –१' नामक कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रम आगामी फेब्रुअरी १५ तारिक बिहीबारका दिन किम्हेको मुन्ह्वा जेयुक्वान हलमा आयोजना गरेको नेपाल मगर संघ दक्षिण कोरियाले जनाएको छ । 

कोरियन धर्मशास्त्र अनुसार चन्द्रपात्रोको पहिलो जनवरीमा मनार्ईने दक्षिण कोरियाको दोस्रो ठुलो चाड छुसकको बिशेष चिसो बिदाको अबसरमा यो कार्यक्रमको आयोजना गरिएको छ ।

साँगीतिक कार्यक्रममा नेपालका गीत संगीत दुनियाँका सुरिलो स्वरका धनी प्रख्यात पपगायक सुगम पोखरेल, पछिल्लो समय हाँस्य क्षेत्रमा सयौको आवाज दुरुस्त निकाली चर्चित बनेका कलाकार दिनेश काफले, मिलन अमात्य, सम्झना लामिछाने मगर लगायतको बेजोड प्रस्तुती रहेको छ ।

कोरियामा छरिएर रहेका नेपालीलार्ई कार्यक्रममा उपस्थिती भर्ई सफलतापूर्बक कार्यक्रमलाई सम्पन्न गराईदिन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!