भारतद्वारा केन्यामा बन्दि बनाइएका ७ नेपाली युवतीको उद्धार

Posted on: 04 Jan, 2018

पुस २०, काठमाडौँ | भारतीय विदेश मन्त्री सुष्मा स्वराजले  केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन् ।

विदेश मन्त्री सुष्मा स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटरमार्फत जानकारी दिएकी हुन् ।

उनले लेखेकी छन् - 'We have rescued three Indian girls from Kenya. The girls were victims of an organised crime syndicate that indulged in trafficking of girls. Seven Nepalese girls were also rescued. Their Passports and phones were taken and they were held captive in Mombasa.'

उनको अनुसार त्यहाँ बन्दी बनाइएका तीन भारतीय युवतीलाई उद्दार गर्ने क्रममा नेपाली युवतीको समेत उद्दार गरिएको हो । भारतीय युवतीहरु भारत आइसकेका छन् भने नेपालको परराष्ट्र मन्त्रालयले नेपाली युवतीलाई नेपाल झिकाउने बिषयमा थप जानकारी लिने काम भइरहेको जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!