मलेसियामा नेपाली सेक्यूरिटी गार्डलाई तीन महिना जेल !

Posted on: 08 Jan, 2018

पुस २४, काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई त्यहाँको म्याजिस्ट्रेट कोर्टले तीन महिनाको जेल सजाय सुनाएको छ ।

एउटा सुपरमार्केटबाट १३२ आरएम पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा उनलाई सो सजाय तोकिएको हो ।

विश्व सुबेदी नाम गरेका ४४ वर्षीय  ती नेपालीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहेको एइयोन एयू २ सुपरमार्केटबाट ज्याकोब्स क्रिक सिराज रोज वाइनका दुई बोतल चोरी गर्दा रंगेहात पक्राउ परेका थिए ।

दुई छोराछोरीका यी बाबुले मलेसियामा ‘ओभर स्टे’ गरेकोमा समेत तीन महिनाको जेल सजाय पाएका छन् ।

अदालतले विश्वलाई पक्राउ परेको मिति डिसेम्बर २२ देखि नै गणना हुने गरी दुवै सजाय भुक्तान गर्न आदेश दिएको बेरनामा डटकमले समाचार लेखेको छ। ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!