डलर अभावले कतारमा समस्या, नेपाल पैसा पठाउनेहरु प्रभावित

Posted on: 08 Jan, 2018

पुस २४, काठमाडौं । कतारमा डलर अभाव भएपछि त्यहाँ रहेका नेपालीहरु समेत प्रभावित भएका छन् । नाकाबन्दीको मार खेपेको कतारले चाहेजति रेमिट्यान्स पठाउन नदिएपछि नेपालीहरुले चाहेजति पैसा नेपाल पठाउन सकेका छैनन् ।

कतारले छिमेकी मुलुक साउदी अरेबियासँग स्थानीय मुद्रामा कारोबार गर्न नपाएपछी डलर तिर्नुपरेको र सोहि कारण कतारमा डलर अभाव भएको बताइएको छ । 


कतारमाथि छिमेकी राष्ट्रहरुले नाकाबन्दी लगाएपछी केहि महिना यता यहाँ डलरको माग बढेको छ । डलरको माग बढेपछी एकसातामा ५५ हजार रियालभन्दा बढी साट्न नपाइने भएपछी त्यहाँबाट पैसा पठाउने कम्पनीहरुले कडाई गरेका छन् ।

अहिले कतारबाट नेपालीहरुले एक पटकमा बढीमा दुई हजार रियाल मात्र पैसा नेपाल पठाउन पाइरहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!