मलेसियामा एक नेपालीको मृत्यु

Posted on: 01 Feb, 2018

माघ १८, काठमाडौँ | वैदेशिक रोजगारीका सिलसिलामा गएका एक नेपालीको मलेसियामा ज्यान गएको छ ।

मलेसियाको एयरपोर्टमा कार्यरत ३२ वर्षीय झापा दमक २ का सुरेन्द्र विष्ट (फणिन्द्र)को माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो ।

सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको हो ।

३ वर्षअघि रोजगारीका क्रममा मलेसिया पुगेका विष्टको शव बिहीबार नेपाल ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!