युएईबाट नेपाल आउन बोर्डिङ पास समेत लिएका भीमसेनले युएईमै गरे आत्महत्या

Posted on: 02 Feb, 2018

माघ १९, दुबई | भिषा नै क्यान्सिल गरेर नेपाल फर्किएका पाल्पाका भिमसेन दमाईले बिमानस्थलबाट फर्किएर युएइमै आत्महत्या गरेका छन् । गत शनिबार दमाईले नेपाल फर्कन भन्दै कम्पनीबाट भिसा रद्द गरेर नेपाल फर्कने क्रममा युएईकै सारजाह विमानस्थलबाट फर्किएर आत्महत्या गरेका हुन् । 

दमाई १३ वर्ष अघि सारजाहको प्लाटिनम ३ एलटिडी साफ जोन कम्पनीमा सुपरभाइजरको रुपमा कार्यरत थिए । नेपाल फर्कने क्रममा उनले बोर्डिङ पास समेत लिएका थिए । उनले एयर अरेवियाको फ्लाइटमा नेपाल आउने तयारीमा थिए । तर उनि त्यस लगत्तै बेखबर भए । नेपाल एयरपोर्टमा उनि आउने आशामा कुरेर बसेकि उनकी श्रीमती, १४ वर्षीय छोरो र जेठान समेत उनि नआएपछी आत्तिएका थिए । भिमसेनले नेपाल फर्कंदै गरेको कुरा उनले परिवारलाई नभनेको तर साथीहरुले घरमा खबर गरिदिएका थिए । 

तर भीमसेनलाई उनका साथीहरुले मध्यरातमा लेवर क्याम्पको शौचालयमा मृत अवस्थामा फेला पारे । उनि शौचालयको सिलिङमा पासो लगाएको अवस्थामा भेटिएका थिए । नेपाल जान बोर्डिंग पास समेत लिएका भीमसेन कतिखेर एयरपोर्टबाट फर्किएर आई पासो लगाई आत्महत्या गरे कसैलाई पत्तो भएन । मध्यरातको १२ बज्न लाग्दा भीमसेनले लेवर क्याम्पको गेटबाट इन्ट्री भएका थिए । चिनजानकै चौकीदारले फर्कनुको कारण सोध्दा उनले उडान रद्द भएको भनेका थिए । तर लगत्तै उनि कोठामा नगई सौचालय गएर झुन्डिएर आत्म हत्या गरेको बताइएको छ । पछी मध्येराति कोठाका साथी शौचालय जाँदा निकैबेर शौचालयबाट मान्छे ननिस्केपछि सुरक्षाकर्मीको सहयोगमा ढोका फोर्दा भीमसेन झुण्डिएको अवस्थामा भेटिएका थिए । गेटबाट छिरेको १५ मिनेटकै अवधिमा उनले आत्महत्या गरेको बताइएको छ । 

अहिले भिमसेनको शव कुवेती अस्पतालमा राखिएको छ । अनुसन्धानले पनि भिमसेनले आत्महत्या गरेको खुलेको छ । ऋण तिर्न नसकेर आत्महत्या गरेको हुनसक्ने अनुमान छ । ऋण तिर्नुपर्ने भएकै कारण भीमसेनले परिवारलाई समेत आफु नेपाल आउन लागेको कुरा थाहा नदिएको उनका साथीहरुले बताएका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!