प्रेमबहादुर स्वदेश फर्काउन रकम अभाव, सहयोगीदाताहरुको ध्यान अनिस खालिङ फाउन्डेसन तर्फ

Posted on: 06 Feb, 2018

हेम चन्द्र राई - युएई । वैदेशिक रोजगारी अहिले आम नेपालीहरुको लागी पहिलो प्राथमिकता रहेकोे छ । स्वदेशमा रोजगारीको अभावमा आफ्नो परिवारको उज्ज्वल भबिस्यको लागि अहिले ४५ लाख भन्दा धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरु अरब , मलेसिया तथा बिस्वको विभिन्न मुलुकमा छरिएर रहेकाछन । मुलुक रोजगारको अभाव, राजनीति सङ्क्रमणले गर्दा आज वैदेशिक रोजगारीमा हरेक घरको सदस्य बिदेश रहेको पाउन सकिन्छ  । वैदेशिक रोजगारीमा रहेका नेपालीहरु जुन मुलुकमा कार्यरत छन उनीहरुलाई कानूनी ज्ञानको अभाव, भाषाको समस्या, काममा दक्ष नहुनु, धार्मिक, सामाजिक विभिन्न समस्याले कुनै न कुनै पीडित बन्नुपरेको छ ।

बिगत २ वर्ष पहिले दानाबारी, ईलाम (हाल माइनगरपालिका–४) का स्थायी निवासी  प्रेमबहादुर राई वैदेशिक रोजगारका सिलसिलामा साउदी अरब गएको थिए । आफ्नो वृद्ध ७१ वर्षको पिता २ छोरी , श्रीमती र आमालाई सुख दिने सपना बोकि उनी साउदी अरेबिया स्थित  Al-Shalawi International Company for Trading and Contracting कम्पनी रोजगारको सिलसिलामा पुगे । तर बिडम्बना भन्नुपर्छ प्रेमबहादुर राई आफुले चलाएको ट्रक बाटोमा पार्क गरेर साथीलाई भेट्न् गए । साथीलाई भेटेर फर्कदा उनले चलाउने ट्रक कसैले सिसा फोरेर चोरी भयो । अकस्मात भएको उक्त घटनामा उनले ट्रक हराए बापत २ महिना जेल र ५० कोर्‍आ सजाय मिल्यो । सजाय कटाए पश्चात् स्वदेश फर्कने सपना देखेका प्रेमबहादुर राईलाई ट्रकको सामान धनी  साहु Mr. Mohammed bin Abdurrahman bin Mohammed Al-qahtani ले हराएको सामानको क्षतिपूर्ति दावी गरे । साहुको दाबी अनुसार साउदी रियाल ३ लाख १० हजार अर्थात नेपाली रू. करिब ९५ लाख बराबर हराएको सामानको  विगो नतिरेसम्म आजिवन जेल जिवन गुजार्नुपर्ने मिति १२ डिसेम्बर २०१६ मा अदालतको फैसला भएदेखी रियादस्थित मलास जेलमा पीडादायी जीवन व्यतित गर्नुपरिरहेको छ । 

पीडित प्रेम अरबिक , अङ्ग्रेजी भाषामा दक्ष नहुनुले धेरै यातना , जेल कटाई सकेका छन । पीडित प्रेमबहादुरका  श्रीमती सरिता राई, १७ महनिाको बालक र ७ वर्षकी एक बालिका, ७१ वर्षको  वृद्ध बुबा र आमा लगायत सम्पूर्ण परिवारको जीवनसमेत अन्धकारमा छन । परिवारको आफ्नो जग्गा जमिन छैन । कुनै ब्यापार छैन । आर्थिक अवस्था अत्यन्तै दयनीय अवस्था छ । रातदिन वृद्ध बुबा आमा जीवन सङ्गिनी नरुएको कुनै मिनेट सेकेन्ड घन्टा हुँदैन । परिवारमा कमाउने प्रेमबहादुर जेल परे पनि यो परिवारको कन्ठबिजोक भएको छ । 

नेपाल सरकारको सहयोग गरेन

वैदेशिक रोजगारीमा जाने नेपाली दाजुभाइ दिदिबहिनीहरुको लागि फ्री भिषा , फ्री टिकट नेपाल सरकारले कानुनमा उल्लेख छ । १०८ मुलुकमा स्वदेशी बिमान स्थल प्रयोग गरेर जान अनुमति दिन्छ । तर कागजमा मात्र सिमित छन । यी सबै हेर्दा र सुन्दा खुशी लाग्ने नियम नितिहरु तर लाखौं रुपैयाँ साहुको सयकडा २ देखि ५ रुपैयाँ सम्म तिरेर गएका छन । वैदेशिक रोजगारमा जादा सम्पुर्ण नेपाली श्रमजीवी युवाहरूले श्रम , मोदि जीवन बिमा , स्वस्थ्य परिक्षण पास गरेर जान्छन । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा प्रत्येक बिदेश जाने नेपालीहरुबाट अर्बौं पैसा उनीहरुको भवितव्यता सहयोगका लागि भनेर जम्मा हुन्छन । नेपाली राजदुतावासहरु खडा गरिएको हुन्छ तर पीडितहरुलाई आर्थिक सहयोग , कानुनी सहयोग , पीडितलाई उद्दार , क्षतिपूर्ति दिने काम हुदैनन् । यसको मारमा आज लाखौं वैदेशिक रोजगारीमा रहेका नेपाली दाजुभाइ दिदिबहिनी हरुले भोग्नुपरेकोछ । बिदेश कोहि पनि नेपाली दाजुभाइ रहरले गएका हुदैनन् साथै कुनै पनि गैरकानुनी काम बुझेर जानेर हुँदैन । 

मुलुकमा बार्षिक बजेट १२ खर्ब बराबरको हुन्छ तर वैदेशिक रोजगारबाट मात्रै वैदेशिक रुपैयाँ १० खर्ब रकम भित्रने गरेको राष्ट्रिय तथ्यांक छ । मुलुकको २९ प्रतिसत रेमिटेन्सबाट  आउने रकमले राष्ट्रिय बजेट निर्माण हुन्छ तर तिनै क्षेत्रमा रहेको श्रमजीवी नेपाली दाजुभाइ दिदीबहिनीको सुरक्षा , हेरचाह , सहयोग , पीडितलाई उद्दार गर्न नेपाल सरकार जवाफदेही छैन । नेपाल सरकारले प्रेमबहादुर राई साउदी अरेबियामा बिगत २ साल देखि जेलमा निर्दोष भै कन पनि सहयोग उद्दरको केही तदारुकता देखाएको पाइदैन । यदि नेपाल सरकारले उच्च चाहाना राखेर आफ्नो नागरिक सम्झेर राजदुतावासले पहल कदामि गर्ने हो भने प्रेमबहादुर राई एक महिना भित्र बिना जरिवाना वा नेपाल सरकारले जरिवाना तिरेर उद्दार हुनसक्छ तर यो सम्भावना एकादेशको कथा मात्रै हुनसक्छ । नेपाल सरकारले प्रेमबहादुर राई लाई उद्दार गरको लागी अलौकिक घटना हुनुपर्छ । नेपाल सरकारले सहयोग नगरेको कारणले उनको उद्दार हुन सकिरहेको छैन । 

अनिस खालिङ फाउन्डेसनमा रहेकोे रकमबाट उद्दार सम्भव छ 

युएई स्थित दुबईमा बिगत ३ वर्ष पहिले वैदेशिक रोजगारीमा गएका अनिस खालिङ पाकिस्तानीको हत्या अभियोगमा फासिको सजाय सुनाईयो । अनिस खालिङ पाकिस्तानीले अनैतिक सम्बन्ध राख्न खोजेपछि आत्मा रक्षार्थ अनिसको गम्भीर पिटाइबाट उनको अस्पतालमा मृत्यु भएको थियोे । अनिस खालिङले ब्लड मनि तिरेर फाँसी हुनबाट बच्ने भए । प्रवासी विभिन्न सहयोगी संघ सस्था लाखौं वैदेशिक रोजगारीमा रहेको प्रवासी नेपालीहरुको सहयोगमा अनिस खालिङ राई बचाउँ अभियान समितिले जम्मा ३ करोड २९ लाख ९३ हजार ६०९ रुपैया संकलन गरेको थियोे । भरखरै सामाजिक संजालमा अनिस खालिङ फाउन्डेसनमा तिव्र आयव्यय सार्वजनिक माग , साउदी अरेबियामा जेलमा रहेका प्रेमबहादुर राई उद्दार गर्न आवाज आए पश्चात् अनिस खालिङ बचाउ समितीले सार्वजनिक गरेको आर्थिक आयव्ययमा कुल उठेको ३ करोड २९ लाख ९३ हजार ६०९ रुपैयाँ उक्त रकममध्ये ८० लाख ५९ हजार ९५० रुपैयाँ बैदेशिक प्रवर्द्धन बोर्डमा रहेको छ । 

३ वर्षसम्म निरन्तर सञ्चालन भएको अभियानको क्रममा अनिस बचाउ अभियान समितिमार्फत जम्मा १३ लाख १६ हजार ५२९ रुपैयाँ खर्च भएको जानकारी दिएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा रहेको रकम र खर्च रकमबाट बाकि रकम २ करोड ३६ लाख १७ हजार १३० रुपैयाँ रकम बचाउँ अभियान समितिमार्फत अनिस प्रतिष्ठानलाई हस्तान्तरण गरिएको थियो । जसमध्येबाट अनिस नेपाल आइसकेपछि उनको पुनःस्थापनाका लागि एकमुष्ट २५ लाख रुपैयाँ प्रदान गरिएको थियो । समितीका अनुसार अनिस खालिङको पुनर्स्थापना पश्चात् प्रतिष्ठानले आफ्नो काम कार्यक्रमलाई अघि बढाउने क्रममा साउदीमा ट्रिपर दुर्घटना गरेको आरोमा मृत्युदण्डको सजाय सुनाईएका रोल्पाका दिलबहादुर घर्तीमगरलाई ३ लाख रुपैयाँ, बोनम्यारो रोगबाट पीडित सोलुखुम्बुका रुद्र कुलुङको उपचारार्थ १ लाख रुपैयाँ सहयोग गरेको छ भने मलेसियामा कार्यरत रहँदा ब्लड क्यान्सर भई अहिले नेपालमै उपचाररत संखुवासभाका रमेश प्रसाद तिमिल्सिनाको उपचारका लागि २५ हजार, साउदीमा कार्यरत रहेकै अवस्थामा ज्यान गुमाएका दार्चुलाका पुरनसिँह धामीको परिवारलाई पनि १५ हजार रुपैयाँ रकम सहयोग गरि जम्मा ४ लाख ४० हजार रुपैया सहयोग गरेको देखिन्छ ।

अनिस खालिङ सहयोगीदाताहरु भन्छन् फाउन्डेसनले सहयोग गरोस 

प्रवाशी सहयोग गर्ने दाताहरु भन्छन अनिस खालिङ फाउन्डेसनमा अनिसको उद्दार , पुनर्स्थापना पश्चात् बाकी रहेको रकमबाट ९५ लाख जरिवाना तिरेर प्रेमबहादुर राई स्वदेश फर्काउन सकिनेछ । त्यसबाहेकको सबै रकम प्रतिष्ठानमा मौजुद रहेको बताए पनि बैंकमा अहिलेसम्म कति ब्याज जम्मा भयो ? भन्ने बारेमा कुनै जानकारी दिएको छैन । बैंकको ब्याजदर १०% हुँदा मासिक ९० हजार देखि माथी ब्याजदर प्राप्त हुनेछ । नेपाल सरकारको कानुनी अनुसार यसरी " एउटा बिषयमा उपीडितको नाममा उठाईएको रकम सोही कुरामा खर्च हुनुपर्छ , खर्च नभए वैदेशिक रोजगार बिभाग प्रवर्द्धन बोर्डमा जम्मा गरिनुपर्छ अर्थात कुनै फाउन्डेसनमा राख्न मिल्दैन " सहयोगमा खर्च गर्नुपर्ने हुन्छ नत्र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको खातामा हस्तान्तरण गर्नुपर्ने हुन्छ । 

पत्रकार सम्मेलनमार्फत प्रतिष्ठानका अध्यक्ष रामरतन राईले साउदीमा जेल सजाय भोगिरहेका ईलामका ३१ वर्षिय प्रेम कुलुङको रिहाका लागि १ लाख १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय भएको घोषणा गर्नुभयो । उहाँले अनिस बचाउँ अभियानको क्रममा संकलित गरी बैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा जम्मा भएको ८० लाख ५९ हजार ९५० रुपैयाँ रकमलाई प्रेम बहादुर राईको बचाउँका लागि सदुपयोग गराउने पहल गर्ने बताए तर त्यो सजिलो छैन । अनिस खालिङ फाउन्डेसनमा रहेको २ करोड ३६ लाख भन्दा बढी रकमबाट १ करोड रुपैयाँ सहयोग भएको खण्डमा प्रेमबहादुर राई एक महिनामा उद्दार हुनेछन ।

अहिले सामाजिक संजालमा अनिसलाई सहयोग गर्ने वैदेशिक रोजगारीमा रहेका युएई, कतार, साउदी अरेबिया, मलेसिया, सिङ्गापुर, बेलायत, अमेरिका, बहराइन, कुवेत, हङकङ, भारत, जर्मन, ब्रुनाई, इजरायल, जापान, दक्षिण कोरिया, ओमान, लेबनन, साईप्रस लगायत नेपालमा सहयोग गर्ने महानुभावले अनिस खालिङ फाउन्डेसनले १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने कुराको खुलेर बिरोध गरिरहेका छन । " अनिस फाउन्डेसनले तुरुन्तै पीडित प्रेमबहादुर राईको उद्दारमा लाग्ने सम्पुर्ण रुपैयाँ उपलब्ध गराउनु पर्छ , हामीले अनिस खालिङ फाउन्डेसन खोल्न भनेर सहयोग माग गरिएको होइन , फाउन्डेसनको लागि माग गरिएको थियोे भने धुर्मुस सुन्तली फाउन्डेसनलाई पैसा दिने थियौं किन अनिस खालिङ फाउन्डेसनलाई सहयोग गर्थौ ? " साउदी अरेबियामा कार्यरत नवीन नेपालले बताउछन ।

पत्रकार तथा युवा नेता शान्तिराज राई बताउछन अनिस खालिङ फाउन्डेसनमा रहेको रकमले प्रेमबहादुर राई जस्ता पीडितको उद्दार होस । त्यो रकम वैदेशिक रोजगारीमा रहेको नेपाली दाजुभाइ दिदीबहिनीको नै हो पीडितलाई सहयोग हुँदा राम्रो हुनेछ  । समाजसेवी तथा मलेशियामा कार्यरत पेसल खप्तरी मगरको तर्क पनि उस्तै छ । वैदेशिक रोजगारीमा रहेको दाजुभाइ दिदीबहिनीहरुको रगत पसिना पैसा कसैले फाउन्डेसन खोल्न मन लाग्यो भन्दैमा हडप्ने चरित्र राम्रो होइन सहयोग उस्तै प्रकृतिको प्रेमबहादुर राई जस्तालाई गर्दा राम्रो हुनेछ । हामीले प्रवाशी नेपाली दाजुभाइ मानेर आफ्नो परिवारको गाँस काटेर सहयोग गरेको हौं । अनिसको उद्दार भैसकेको छ अब बाकि रकम फाउन्डेसन राख्ने अधिकार छैन हाम्रो रगत पसिनाले कमाएको पैसा वैदेशिक रोजगारमा पीडित नेपाली दाजुभाइ दिदिबहिनीहरुको सहयोगमा खर्च होस । मलेशिया रहेको प्रदिप राईले बताए । " अहिले प्रेमबहादुर राईलाई ९५ लाख रुपैयाँ पैसा चाहिएको छ । पैसाको अभावले उनको उद्दार गर्न सकिएन । अनिस खालिङ फाउन्डेसनमा रहेको पैसाको कारण प्रेमबहादुर राई बचाउ अभियानमा राम्रो सहयोग उठाउन नसकिएको दक्षिण कोरिया स्थित राम्जी राईले जानकारी दिएका छन । "  राईका अनुसार अनिस खालिङ जस्तै पीडित प्रेमबहादुर राईलाई तत्काल बिनाशर्त अनिस खालिङ फाउन्डेसनले १ करोड रुपैयाँ सहयोग गर्नुपर्छ । 

यसै गरि बेलायतमा रहनु भएको दिल माया राईले अनिस लाई जुन भावनाले सहयोग भएको थियोे आज त्यो रकम प्रेमबहादुर राई लाई आवश्यक छ । सरकारले सहयोग गर्न सकेन तर आफुले सहयोग प्रदान गरेको रकम पीडितलाई सहयोग हुनुपर्छ । अनिस खालिङ फाउन्डेसनलाई सहयोग गर्ने सहयोगीदाताहरुले बाकी रकम प्रेमबहादुर राई जस्ता पीडित लाई सहयोग होस भन्ने तर्क गर्छन । 

सहयोग सङ्कल अभियान मार्फत 

३ महिना अघि प्रेमबहादुर राई बचाउ अभियान मुल समिति गठन भएको छ । समितिको अध्यक्ष चन्द्र सिंह कुलुङ्ले अनिस खालिङ बचाउ समितिले १ लाख १११ रुपैयाँ सहयोगको चेक दिएको तर पुर्व एनआरएन , अनिस खालिङ सहयोग गर्ने दाताहरूले ९५ लाख भन्दा कम रकम नलिनुस भनिएकोले अनिस खालिङ फाउन्डेसनको रकम नलिने कुरा बताएका छन । अनिस खालिङ बचाउ समितिको पैसा तथा उक्त रकम पीडितलाई सहयोग नगरिएकोले बिगत ३ महिनामा ३ लाख भन्दा धेरै सहयोग सङ्कलन गर्न नसकिएको जानकारी दिएका छन ।

अध्यक्षका अनुसार अनिस खालिङ फाउन्डेसनको रकम सहयोग गर्ने महानुभावको दबाबको आवश्यकता महसुस गरेको छु । अनिमात्र सहयोग प्राप्त हुँदा प्रेमबहादुर लाई छिट्टै स्वदेश फर्काउनु सकिन्छ । प्रेमबहादुर राई बचाउ अभियान मलेसिया, दक्षिण कोरिया , साउदी अरेबिया तथा नेपालमा उप समिति बनाएर संचालन गरिएको छ । तर उल्लेखनीय सहयोग सङ्कलन भने हुन सकेको छैन । प्रवाशी नेपाली दाजुभाइ , दिदिबहिनी तथा विभिन्न संघ सस्थाले अनिस खालिङ फाउन्डेसनको पैसा सहयोग हुनुपर्नेमा जोड दिने गरेको पाईएको छ । 

अनिस खालिङ बचाउ समितिको सहयोग नगर्ने मनसाय 

अनिस खालिङ बचाउ अभियानमा आवश्यकता भन्दा धेरै रकम जम्मा भयो जुन रकम भबिस्यमा अनिस जस्तै पीडितलाई बचेको रकम सहयोग गर्ने बताएका भए पनि रकम उल्लेखनीय सहयोग गरिएको पाईदैन । खातामा २ करोड ३६ लाख रहेकोे जानकारी दिदा मात्रै ३ सालमा अनिस खालिङ लाई पुनर्स्थापना गर्न २५ लाख र अन्य ४ लाख ४० हजार गरि जम्मा २९ लाख ४० हजार सहयोग भएको पाइन्छ । अनिस खालिङ फाउन्डेसनले आफ्नो सस्थाको बिधान नीति अनुसार १ लाख भन्दा माथी सहयोग गर्न नसक्ने तथा यो सस्था सरकार सित अनुमति लिएर चलाईएको बताएका छन । सस्थाको रकम फाउन्डेसन खोल्न भनेर उठाउने काम भएको थिएन मात्रै अनिस खालिङको ब्लड मनि ८८ लाख पैसा जुटाउन अभियान सुरु गरिएको र आवश्यक भन्दा धेरै रकम जम्मा भएर बाकी रकम अनिस खालिङ जस्तै वैदेशिक रोजगारमा रहेकोे दिदीबहिनी दाजुभाइलाई उद्दार गर्न सहयोग गर्ने बताएका भए पनि अहिल त्यो सहयोग हुन सकेको छैन ।

अनिस खालिङको ब्लड मनि युएईमा कार्यरत नेपालीहरुको इमान्दारी , बफादार भएर काम गरेकोले दुबईमा रहेका एक जना शेखले अनिस खालिङको ब्लड मनि एक्लैले तिरिदिएका थिए । अनिस खालिङ लाई उठाइएको ८० लाख ५९ हजार ९५० रुपैयाँ नेपाली राजदुतावासले पछि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको खातामा फिर्ता गरेको थियो । अनिस खालिङलाई सहयोग गर्ने प्रवासि नेपाली दाजुभाइ दिदिबहिनीहरुको आवाजलाई अनिस खालिङ फाउन्डेसनले खोला तर्यो लौरो बिर्सियो उखान जस्तै गरेको छ । अध्यक्ष राईले सामाजिक सञ्जालमा प्रतिष्ठान माथी ‘पछिल्लो समय प्रतिष्ठानको बारेमा विनाआधारका भ्रमहरु छर्ने प्रयास भइरहेको पाइएको छ’ । ‘प्रतिष्ठानसम्बन्धि आवश्यक जानकारी दिन हामी सधैं तयार छौं । तपाईलाई जानकारी छैन भने आउनुस् हामी सधैं तपाईहरुको जिज्ञासाको उत्तर दिन तयार छौं । र यस्ता विनातुकका भ्रममा नपर्न देश विदेशमा रहनुभएका आमदाता अनि सञ्चारकर्मी मित्रहरुमार्फत अनुरोध पनि गर्दछौं ।’ उनले एकतर्फी जवाफ अनिस खालिङ बचाउ प्रतिष्ठानको बचाउ गरे । सहयोग गर्ने लाखौं प्रवाशी नेपाली दाजुभाइ दिदीबहिनीको भावनालाई बुझ्ने प्रयास अनिस खालिङको नाममा उठेको रकम सहयोग गर्न नसकिने तर्क प्रस्तुत गरे ।

अनिस खालिङ फाउन्डेसन मार्फत प्रेमबहादुर राईको उद्दार सम्भव छ साथै अनिस खालिङ प्रठिष्ठानको कारण उल्लेख सहयोग जुट्न सकिरहेको पनि छैन । हुनत वैदेशिक रोजगारीमा प्रेमबहादुर राई मात्रै पीडित छैन ४ सय भन्दा धेरै नेपाली विभिन्न मुलुकमा जेलमा छन भने ३७ जनाले मृत्यु दण्ड तथा आजिवन जेल सजाय भोगिरहेका छन । पछिल्लो समयमा अनिस खालिङ फाउन्डेसनले गरेको व्यवहारले प्रवासमा रहेको आम पीडित नेपालीलाई सहयोग गर्न मनकारी दाताहरूलाई हतोत्साहित पुर्‍याउने काम मान्न सकिन्छ । जे जस्तो अवस्थामा रहे पनि नेपाली भावना , सहयोगिपन , मनकारी भावनाको खानी पाइन्छ तर सिमित व्यक्तिको कारण ती मनमा ठेस लाग्नाले भबिस्यमा पर्न आउने समस्या प्रति अनिस खालिङ जस्ता फाउन्डेसनको नाममा पीडितहरुको सहयोगार्थ जुटाईएको रकम फाउन्डेसन खोलेर राख्ने कामले असर नगर्ला भन्न सकिन्न । यश अघि रामचन्द्र तिमल्सिनालाई पनि प्रवासी नेपालीहरुको आम सहयोगले उद्दार गरिएको थियो । अहिले भएको रामचन्द्र तिमल्सिना बचाउ अभियान , अनिस खालिङ बचाउ अभियानमा रहेको रकमले प्रेमबहादुर राई जस्ता पीडितहरुको उद्दार हुनसके मानवीयता , धर्म हुनेथियो । यी निर्दोष पीडितलाई बचाउन सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाइ , दिदिबहिनी तथा विभिन्न संघ सस्थामा म सहयोग गर्न आह्वान पनि गर्दछु । सहयोग गर्नका लागि निम्न ठेगानामा सम्पर्क गर्ने सक्नुहुनेछ । 

चन्द्रसिंह कुलुङ

संयोजक

प्रेमबचाउ अभियान मूलसमिति, काठमाडौं

थप जानकारीका लागि ९८५१०८८७०७

यस बिषयमा तपाइको प्रतिक्रिया...!