बैदेशिक रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु

Posted on: 06 Feb, 2018

चिसाङ शेर्पा | माघ २३, खोटाङ | कुबेतमा खोटाङका एक ब्यक्ती मृत अवस्थामा भेटिएका छन् । 

कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत फेला परेका हुन् । फोकस मेनपावर काठमाण्डौबाट कुबेत पुगेका राई आईतबार बिहान मृत फेला परेको जानकारी आएको दाई खड्ग राईले बताए । 

उनको मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शव नेपाल ल्याउनका लागि पहल भइरहेको आफन्तले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!