एचडीएनपी नेपाल द्वारा पशुपतिनाथमा खाधान्न वितरण

Posted on: 10 Feb, 2018

विजय थापा | माघ २७, अमेरिका | टेक्सास राज्यको ड्यालसमा स्थापित सामाजिक सँस्था एचडीएनपी इन्टरनेसनल को शाखा एचडीएनपी नेपाल ले पशुपतिमा परिसर मा यत्र तत्र सर्बत्र मागेर जीविको पार्जन गर्ने तथा घरबार बिहिन लाई खाधान्न वितरण गरेको छ |

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले करिव २ सय ५० भन्दा ज्यादा लाई खाधान्न वितरण गरेको जनाएका छन् | हाल संस्थाका संचालक आचार्य नेपालको भ्रमण मा रहेको समयमा भिक्षा माग्ने जोगी, असहाय, घरबार बिहिन, दुखिलाई शिव रात्रिको अवसरमा खाधान्न वितरण गरेको हो | 

हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवार बिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई  बिशेष सहयोग प्रदान गर्दै आएको छ । यसै क्रमलाई निरन्तरता दिएको आचार्यले जनाएका छन् | पशुपतिनाथमा खाधान्न वितरण को समयमा खुशी बाढ्न सकियोस भन्दै नाचगान समेत गरिएको थियो |


टेक्सास राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना काल देखि नै घरबाहर बिहिन मानिसहरुलाई त्रैमासिक रुपमा खाना खुवाउदै आएको छ |

खाना खुवाउने अतिरिक्त संस्थाले त्रैमासिक रुपमा रक्तदान को आयोजना गर्दछ । संस्थाले समाज सेवा को साथै उनीहरुको लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्ने देखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काम पनि गरि रहेको छ ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!