अमेरिकाका ठूला तीन संस्थाको सयुक्त सम्मेलन श्रमिक दिवसमा सिकागोमा हुने

Posted on: 15 Feb, 2018

विजय थापा/फागुन ३, वाशिंगटन डिसी l अमेरिकामा स्थापित संघ/संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन l 

गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षहरुले छापा बिज्ञप्ति जारी गर्दै सयुक्त प्रथम राष्ट्रिय सम्मेलन अमेरिकाको इलोनोइस राज्यको सिकागो शहरमा गर्ने निधो गरेका छन् l सयुक्त सम्मेलन अमेरिकन श्रमिक दिवस अर्थात् सेप्टेम्बर ३ ,२०१८ को सप्ताहको सेरोफेरोमा हुने तय भएको छ l 


एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा),नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) ले पहिलो पटक हुन् गइ रहेको सम्मेलनमा यसरी संगै काम गर्ने भएकोमा अझ समुदायमा ज्यादा प्रभावकारी तथा दक्षतापूर्ण सेवा गर्न सकिने विश्वास लिएको सयुक्त छापा बिज्ञप्तिमा जनाएका छन् l 

उक्त छापा बिज्ञप्तिमा हाम्रा समुदाय सदस्यहरुले समसामयिक बिषयमा /मुद्धाहरुमा सामना गर्नु परेका लाई सयुक्त प्रयास बाट पहिचान गर्ने र यस्ता बिषयमा  उचित समयमा सम्बोधन गर्न आवश्यक पर्ने जनाएको छ l 

नया पुस्ताको सहभागिता वृद्धि हुदै गएको अवस्थालाई उनीहरुलाई राष्ट्रिय स्तरमा छलफल तथा मुद्धाहरुको लागि मंच प्रदान गर्नु रहेको उल्लेख गरेको छ l यसको साथै छापा बिज्ञप्तिमा हामीलाई नया दृष्टि ,नया ध्येय तथा नया कार्यक्रमको आवस्यक भएकोले द्रुत रुपमा झ्याँगिएको समुदायको आवस्यकतामा ध्यान दिन जरुरी भएको उल्लेख गरेको छ l 

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरे ,नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा)का अध्यक्ष माधव ढकाल  तथा एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) का अध्यक्ष मेदिनी अधिकारीले अमेरिकामा रहेका सवै समुदाय सदस्यहरुलाई सहभगिताको लागी सबैमा आग्रह गरेका छन् l 

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा)का अध्यक्ष बाला घिमिरेले कुराकानी गर्दै एकताको सकारात्मक संदेश जाने हुनाले लामो समय देखि चलि रहेको हाम्रो प्रयास सफल भएको बताए l 

अध्यक्ष घिमिरेले भने हामीले सिकागोमा सयुक्त सम्मेलन गर्ने निधो गरेका छौ l अब सम्मलेन समिति निर्माण हुने ,कार्यक्रम स्थल तय हुने थुप्रै काम बाकि रहेकोले केवल अमेरिकन श्रमिक दिवसमा प्रथम सम्मेलन मात्र गर्ने निर्णय गरिएको जनाए l 

एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ सयुक्त सम्मेलन नर्थ क्यारोलिनामा २०१७ मा सम्पन्न भएको थियो l 

तर उक्त सम्मेलनमा पनि  एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) को सकृय सहभागिता रहनु को साथै एकताको बेजोड प्रयास रहेको थियो l स्मरण रहोस ,एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना सयुक्त सम्मेलनको साधारण सभाले तत्कालिन समयको लागि तीन वटा संस्थाको सयुक्त को सम्मेलन गर्ने बिषय लाई लिएर प्रस्तावलाई पारित गर्न असमर्थ रहेको थियो l 

हाल नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को नेतृत्व परिवर्तन संगै एकता ले राम्रो संदेश जाने र सबै समुदायलाई समेट्न सकिने सम्भावना देखेकोले नासा समितिले सयुक्त सम्मेलन उपयुक्त ठहर गर्दै पारित गरे पछि तीन वटा संस्था को सयुक्त सम्मेलन को द्वार खुलेको हो l 

यसै गरि  एसोसिएसन अफ नेप्लिज इन दि अमेरिकाज (एएनए ) ले सन् २०१५ को नेपालमा गएको भूकम्पको असर सवैमा परेकोले सम्मेलन गर्न उचित नठानी अन्तिम समयमा रद्ध गर्नु परेको थियो भने सन् २०१६ मा एटलान्टा सम्मेलन गरेको थियो l 

सन् २०१७ मा एसोसिएसन अफ नेप्लिज इन मिडवेस्ट अमेरिका (आन्मा) तथा नेप्लिज एसोसिएसन साउथइस्ट अमेरिका (नासा) को १३ औ नर्थ क्यारोलिना सयुक्त सम्मेलनमा अन्तिम समय सम्म एएनए सयुक्त रुपमा गर्ने प्रयास गरेको थियो  l सन् २०१७ मा बाल्टिमोरमा एएनए ले बार्षिक सम्मेलन नामक कार्यक्रम गरि मनाएको थियो l 

यस बिषयमा तपाइको प्रतिक्रिया...!