कुवेत नेपाली एकता समाजद्वारा अध्यक्ष तामाङलाई कारबाहीको अपिल

Posted on: 20 Feb, 2018

फाल्गुन ८, काठमाडौँ  | बिगत लामो समयदेखि  मानवतस्करविरुद्ध आवाज उठाउँदै कुवेत र नेपाल सरकारविच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु हुँदैन भन्ने मान्यता राख्ने अभियन्ता तथा  पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष श्री हरिकृष्ण न्यौपानेलाई हिजो १८-०२-२०१८ का दिन साँझ केही विषयमा छलफल गर्नुपर्ने भन्दै एकान्त कोठामा बोलाएर कुवेतका मेनपावर व्यावसायी तथा एन आर एन अध्यक्ष अर्जुन तामाङले आफ्ना केही समर्थकहरुको उपस्थितीमा न्यौपानेमाथी षडयन्त्रपुर्वक कुटपिट गरेका छन | यसरी गरिएको हमला तथा कुटपिटले राष्ट्रको चौंथो अंगमाथी नै चरम दुर्व्यवहार गरेको देखिन्छ | यस घटनाप्रति कुवैत नेपाली एकता समाज घोर निन्दा गर्दै दोषीहरु माथी गम्भिर छानबिन गरि कडा भन्दा कडा कार्बाही गर्नको लागि पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।


  

यस बिषयमा तपाइको प्रतिक्रिया...!