लेबनानमा अबैधानिक रुपमा बस्दै आएका महिला कामदारहरुलाई आज नेपाल फर्काइयो

Posted on: 11 Mar, 2018

फागुन २७, काठमाडौँ (रासस) | नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका छ नेपाली महिला कामदारलाई उद्धार गरी आज स्वदेश फिर्ता पठाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो । 

अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान चाहेर पनि त्यहाँको सरकारको अध्यागमन कानून उल्लङ्घन गरेबापतको छानबिन र फर्कनका लागि अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्र तोकिएको जरिवाना तिरी नेपाल फर्कने स्वीकृति प्राप्त गरेको दूतावासले जनाएको छ । 


दूतावासले लेबनानको अध्यागमन निकाय, गैरआवासीय नेपाली संघको समन्वयनमा ती कामदारलाई स्वदेश फर्काएको हो । यसअघि पनि दूतावासले ११ महिला कामदारलाई स्वदेश फर्काएको थियो । जरिवाना तिरेर नेपाल फर्कन चाहने महिला कामदारको संख्या उल्लेख्य रहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!