म्यानमारबाट राधिका तामाङ्गलाई मुर्दावाद !

Posted on: 25 Mar, 2018

मोहनराज खनाल | हामी नेपाली जाति सारा-संसारका कुना-कुनासम्म छरिएर बसेपनि नेपाल र नेपाली बिच केहि दु:खद घटना पर्यो भने हामी हेरेर बस्न सक्दैनौं । हामी नेपाललाई सँधै चियाएर हेरेका छौं  । नेतादेखि लिएर भेडा बाख्रा चराउनेसम्म आज हाम्रो पुर्ख्यौली भूमी नेपाल ऋषि महर्षिको तपले बलेको नेपाल, भगवान आशुतोष पशुपति नाथको नेपाल, भगवान बुद्ध जन्मेको देश नेपाल, मुक्तिनाथ र कयौं तीर्थ स्वरूप नेपाल मानेका छौं । हामी प्रवाशीको चिनारीनै नेपाल, हाम्रो दर्पण नै नेपाल, हामी नेपालको जो कोहि अपरिचित भेटिए पनि प्रवासमा आफ्नो नेपाली भनेपछी मायाँ गर्छौं । हामी जाति पक्षमा छैनौं । हाम्रो सिंगो पहिचान नेपाल हो  । हाम्रो सर्वोपरी जाति, भाषा,सँस्कृतिको मुहार सम्झने नेपाल देश नै हो ।

आज नेपालकी नेतृत्व पदमा पुगेकी राधिका तामाङ्गले मागेको माग ऋषिघाती, भगवान पशुपतिनाथको अनादर हो  । भगवान बुद्धको अनादर हो । मुक्तिनाथ र कयौं तीर्थको अनादर हो । नेपालको परम्परा नै हिन्दु धर्म हो । राधिकाको अभिव्यक्तिले सिंगो नेपाललाई आघात पुर्याउन सक्छ । विगतमा कयौं पशु बलि दिएकै वर्ष भूईचालोले नेपाललाई क्षति पुर्यायो । हामी नेपालीहरु रोयौं  । हाम्रो बर्माबाट नेपाललाई राहत पुर्यायौं  । नेपाललाई दुख्दा हाम्रो पनि मुटु दुख्छ । नेतृ राधिका तामाङको अभिव्यक्ति पछी नेपालमा जातिय द्वन्द बढ्ने सम्भावना देखिएको छ । राधिकाको अभिव्यक्तिले नेपाललाई अर्को नरक बनाउने प्रयास भईरहेको छ । नेपाल र नेपालीलाई घोर संकटमा पार्न खोज्ने आसुरी जालको रचना सुरु भएको छ । त्यसैले नेतृ तामाङ्गलाई कडा भन्दा कडा सजाई दिलाउनै पर्छ नेपालले । 

हामी गाई ज्यादै सुद्ध हुन्छ, भन्दै पाठमा पढाउँछौं । गाई लक्ष्मी हो । गाई देशको धरोहर हो, राष्ट्रिय जनावर पनि हो । हामी प्रवासमा अन्य गाई खाने जातलाई पनि नखाने पाठ सिकाउँदै छौं र कयौं बर्मिजहरूले गाई गोरु नखाने सम्म पनि छन् । तर नेपालमा नेतृ राधिका तामाङ्गले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सँस्कृत स्नातक संघ प्रान्तीय संघ यांगौं म्यामा र सम्पूर्ण म्यामा नेपालीको तर्फबाट राधिका तामाङ्गलाई मुर्दावाद भन्न चाहन्छौं ।

मोहन राज खनाल 

अध्यक्ष 

संस्कृत स्नातक संघ प्रान्तीय संघ याँगौं, म्यानमार

जय नेपाल, जय हिमाल, जय गौमाता, जय जननी

यस बिषयमा तपाइको प्रतिक्रिया...!