अमेरिकामा आईक्यान युएस शाखा गठन

Posted on: 26 Mar, 2018

विजय थापा/चैत्र १२,काठमाण्डौ | अमेरिकामा बसोबास गर्ने दि इन्सटीट्युड अफ चार्टर्ड एकाउनटेन्ट अफ नेपाल (आईक्यान )का सदस्यहरुले आईक्यान युएस शाखा गठन गरेका छन् ।

आईक्यान युएस शाखाको गठन भर्जिनियामा गरिएको हो ।


उक्त शाखाको औपचारिक उद्घाटन आईक्यान का अध्यक्ष प्रकाश जंग थापाले गरे । उक्त एक दिवसीय कार्यक्रममा भर्जिनिया शाखाका संयोजक गणेश बानियाले कार्यक्रमको उद्घाटन तथा समापनमा स्वागत तथा धन्यबाद ज्ञापन गरेका थिए ।


उक्त समारोहमा आईक्यान को प्रतिनिधित्व गर्दै नेपाल बाट आएका प्रतिनिधिहरुमा परिषद सदस्य सूर्य प्रसाद अधिकारी ,पूर्व अध्यक्ष प्रकाश लम्साल तथा निवर्तमान अध्यक्ष महेश खनाल को सहभागिता रहेको थियो ।

यसै गरि नेपाली राजदुताबास,अमेरिकन सरकार,आईएफएसी ,एसीएयुएस तथा स्थानीय समुदायका नेतृत्वहरुको पनि उपस्थिति रहेको थियो । उक्त नव गठित ९ सदस्यीय समितिमा गणेश बानिया ,नया राज बराल,टिका आचार्य ,सुदर्शन चापागाई ,ईश्वर पोखरेल ,बिराजन आतं ,लक्ष्मण भण्डारी ,ऐक क्षत्री तथा बिनोद लम्साल रहेका छन् ।

यो शाखा खोल्न दुई महिना अगाडी समिति निर्माण गरिएको थियो भनि छापा बिज्ञप्तिमा जनाइएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!