अमेरिका लग्ने भनि ठगिएर अफ्रिकाको टोगोमा छ महिनादेखि अलपत्र ६ नेपालीको उद्दार

Posted on: 31 Mar, 2018

चैत १७, काठमाडौँ | अमेरिका लग्ने भनेर दलाल  द्वारा पश्चिमी अफ्रिका स्थित मुलुक टोगोमा अलपत्र पारिएका  ६ जना नेपालीहरु  महेश्वर आचार्य, कमल बहादुर धर्ती, मीन बहादुर श्रीस पुन, अशोक पौडेल, जीवन श्रेष्ठ र सोनामछिरी शेर्पा आज घर फर्केका छन  । 

उनिहरु गत हप्ता  नाइजेरिया स्थित एनआरएनए कोषाध्यक्ष हिक्मत थापा सङ्ग सम्पर्कमा आई उद्दार र घर फिर्तीका लागि सहयोग मागे पछि थापाले एनआरएनए मार्फत सहयोगका लागि पहल गरेका थिए । उनिहरुको राहदानी समेत दलालले राखेको र अन्त्यन्तै कष्टका साथ उनिहरुलाई गत छ महिना देखि पश्चिमि अफ़्रिकि  मुलुक टोगोमा राखिएको थियो । 


थापाले उनीहरुको उद्दारका लागि चासो राखी दिएकोमा नेपाल सरकार , परराष्ट्र मन्त्री , ट्राभल डकुमेन्ट लगाएतको सहयोगको लागि दक्षिण अफ्रिका स्थित नेपाली राजदूत अमृत बहादुर राई, बिष्णु गौतम र दुतावास परिवार, एनआरएनए सचिब डि बि क्षेत्री,एनआरएनएकि वैदेशिक रोजगार अधिकृत  स्वेच्छा घिमिरे, एनआरएनए सचिबालय काठमाडौं, एनआरएनए नाइजेरिया परिवार र कान्तिपुर का पत्रकार  देबेन्द्र भट्टराईलाई हार्दिक आभार ब्यक्त गरेका छन् । 

उनिहरु भोलि बेलुकी दिल्ली हुँदै काठमाडौं पुग्दैछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!