मुसलधारे असिना संगै बिलाए किसानका पसिना

Posted on: 07 Apr, 2018

दलसिंह गिरी | चैत्र २३, कालिकोट । भित्राउन तरखरमा रहेको किसानहरुको हिउदेबाली शुक्रबार परेको मुसलधारे असिना पानी संगै नस्ट भएका छन । हिउदे सिजनको मुख्यवालीको रुपमा लिईने गहु र जौं बाली शुक्रबार दिउसो करिब आधा घण्टा लगातार परेको मुसलधारे असिना पानी संगै नस्ट भएको हो ।

जिल्लामै गहुबाली उत्पादनको एक पकेट क्षेत्रको रुपमा लिईने सान्नीत्रिबेणी, नरहरीनाथ, शुभकालिका, रास्कोट नगरपालिका लगायतका क्षेत्रमा दिउसो आएको मुसलधारे असिनापानीले गहु बालीको न फल न नल रहयो भन्दै स्थानीय किसानहरु दुख ब्यक्त गर्दछन् ।

गहुँबाली लगाएर पाक्ने सम्म पर्खि अहिले अन्तिममा आएर घर भित्राउने बेला एक्कसी आएको विपतले गरिव किसानको घरमा झन भोकमरी थुपरिएको शान्नीत्रिबेणी १ का स्थानीय खेमराज गिरी बताउछन् ।


गहुबालीमा सिचाईकुलो समेत चल्ने शान्नीत्रिबेणी १ सेरिज्यूलामा विगतको बर्षभन्दा यो बर्ष राम्रो गहुँबाली रहेपनि पाकेर घर भित्राउने बेला सबै सखाप हुने गरी नस्ट भएको भन्दै गित मार्फत,

गहुँ पाकी पहेला छिया गह्रा भया खाली ।

सेरिज्यूला असीना परी केही राखेन बाली ।।

भन्दै आफ्ना पिडा ब्यक्त गर्दछन् स्थानीय कृषक सुर्ज गिरी ।

यता जिल्लाका अधिकांश ठाउमा आएको मुसलधारे असिना पानीले करिव ५ हजार ४ सय हेक्टर गहुबाली नस्ट गरेको हुन सक्ने जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ । शुक्रबार आएको असिना पानीले कुन ठाउमा के कति क्षेति गर्यो भन्नेबारे सबै स्थानीय निकायमा रहेको कृषि सेवा केन्द्रबाट एकिन विवरण नआइसेककाले तत्काल के कति क्षेति भयो यसको यथार्थ जानकारी दिन नसकिने जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक कल बहादुर शाहीले बताउनु भएको छ ।

केही दशक यता किसानहरुको अन्नबाली कहिले खडेरी त कहिले असिनापानीले नस्ट गर्न थालेपछि स्थानीय किसानहरु घरपरिवारको छाक कसरी टार्ने भन्ने चिन्ता ब्यक्त गर्न थालेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!