५ लाख भारुमा बाबुआमाले नै फेर्न लगाए छोरी ‘वलात्कार’ मुद्दाको बयान

Posted on: 18 Apr, 2018

बैशाख ५ मुम्बई | भारतको दिल्लीमा अपहरणपछि सामूहिक बलात्कारको शिकार भएकी एक किशोरीले आफ्ना बाबुआमाले पीडकबाट पैसा लिएर आफूलाई बयान फेर्न दबाब दिएको आरोप लगाएकी छिन् । 

बाबुआमाले पीडकबाट स्वीकारेको ५ लाख भारतीय रुपैंया लिएर प्रहरी चौकीमा ती किशोरी पुगेपछि घटना सार्वजनिक भएको हो । किशोरीको दाबीपछि दिल्ली प्रहरीले उनको आमालाई पक्राउ गरेको छ भने फरार बाबुको खोजीकार्य भइरहेको छ।  एजेन्सी

यस बिषयमा तपाइको प्रतिक्रिया...!