दिल्लीमा 'हाम्रो सोच हाम्रो भबिस्य'को कार्यालय उद्घाटन सम्पन्न

Posted on: 14 May, 2018

वैशाख ३१, दिल्ली | आज दिल्ली एन.सि.आर. मा  हाम्रो सोच हाम्रो भबिस्य संस्थाको  कार्यालय उदघाट्न भएको छ । 

कार्यलाय कोषका अध्यक्ष  आकर्षण महर, सचिब बिजय थापा, सल्लाकार अशोक सार्कि तथा राज पावर महरको अध्यक्षतामा उद्गघाट्न सु-सम्पन्न भएको हो ।  यस संस्थाले दिल्ली राज्यको लागि  रावल एकेडेमी करातेका गुरु दिनेश रावललाई अध्यक्ष पदमा नियुक्त समेत गरेको छ । 

यस संस्थाको मुख्य उदेश्य नेपाली चेलीबेटी बेच-बिखनको अन्त्य गर्ने र नेपाली बेरोजगार युवाहरूलाई उनीहरुको दक्षता अनुसारको काम पनि दिलाउने ब्यबस्था गरेको र कुनै किसिमको नेपाली पीडितलाई  उद्दार समेत गरेको यस संस्थाका सचिब बिजय थापा र असोक सार्कीले बताएका छ्न । 

यस संस्थाले विभिन्न किसिमका सुदुर पश्चिमेली सांस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ भने आगामी दिनहरुमा पनि संदेशमुलक सांस्कृतिक कार्यक्रम गर्ने अध्यक्ष दिनेश रावल बताउँछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!