कतारमा रहेका नेपालीलाई राहत

Posted on: 17 May, 2018

जेठ ३, काठमाडौं | कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ । 

मन्त्रालयले ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको छ । 

कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् । ती मध्ये चार लाख नेपाली छन् । इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबाटरबाट रमजान सुरु हुँदैछ । 

- आजको कान्तिपुरले पृष्ठ २ मा यो समाचार छापेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!