दुबईमा एक नेपालीले डेढ करोड फेला पारेपछि...

Posted on: 23 May, 2018

जेठ ९, काठमाडौँ | दुवईमा कार्यरत एक नेपालीले आफूले भेटेको झण्डै डेढ करोड रुपैयाँ फिर्ता गरेका छन् ।


झापाका मिरन कार्कीले आफूले काम गर्ने ठाउँमा भेटेको एक लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेका हुन् |

युएईको अलसाया कम्पनी अन्तर्गत इमिरेट्स मल अलबर्षा रहेको स्टारबक्स कफी पसलमा कार्यरत कार्कीले आँफैले काम गर्ने ठाउँमा पैसा भेट्टाएर फिर्ता गरेका थिए | कार्कीले नगद रकम सहित पर्यटकीय भिसामा आएका प्यालेस्टाइन नागरिकहरुको राहदानी पनि रहेको झोला स्थानीय प्रहरी मार्फत सम्बन्धित व्यक्तिलाई बुझाएका छन् | 

उनका अनुसार काम गर्ने पसलमा सामान भेटेपछि कम्पनीको छुट्टै प्रक्रिया छ । नगद पैसा भएको झोला लिएर मलको सेक्युरिटीमा जाँदा पनि लिन नमानेपछि स्थानीय प्रहरीलाई फोन गरेर आफैंले पैसा बुझाएको उनले बताए |

उनको ईमान्दारीपूर्ण कामलाई स्थानीय प्रहरीले मंगलबार सम्मान गरेको छ । स्थानीय प्रहरीलाई सहयोग गरेको भन्दै युएईले आफ्नो देश आएको पर्यटकको हराएको सामान र पास्पोर्ट भेटाउन मद्दत गरेकोमा इमान्दार नेपाली नागरिकको प्रमाणपत्र पनि दिएको छ । यो सम्मान युएईको राष्ट्रिय पुरस्कार सरहको रहेको स्थानीय प्रहरीले उल्लेख गरेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!