रणवीर र दीपिका वैवाहिक जीवनमा बाधिदै, विवाह मिती तय

Posted on: 24 May, 2018

जेठ १०, एजेन्सी | बलिउडको चर्चित जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको मिति तय भएको छ । 

भारतीय दैनिक अमर उजालाका अनुसार यी दुईको बिहे यही २०१८ साल १८ देखि २० नोभेम्बरमा हुनेछ भएको  हो  । तीन दिनमा बिहेका सबै प्रक्रिया पूरा गरिने बताइएको छ ।

डिएनएको रिपोर्टका अनुसार यी दुईका परिवारले बिहेको मिति तोक्न छलफल गरेका थिए । उनीहरुको बिहे मुम्बइमै हुने बताइएको छ ।

२०१८ साललाई बलिउडले बिहेको वर्षको रुपमा पछिसम्म सम्झिने भएको छ । यही वर्षमा बलिउडमा चर्चित हस्तीहरु सोनम कपुर, नेहा धुपिया र हिमेश रेशमियाले बिहे गरिसकेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!