भारतमा आँधीका कारण २१ जनाको मृत्यु

Posted on: 01 Jun, 2018

जेठ १८ नयाँ दिल्ली | भारतीय राज्य बिहार र आन्ध्र प्रदेशमा आएको आँधीमा परी कम्तीमा २१ व्यक्तिको मृत्यु भएको छ । 

अधिकारीले शुक्रबार सो जानकारी दिएका छन् । 

यी दुई राज्यका कैयौँ जिल्लामा सो प्रकोपले सताएको र यसमा परी २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौँ व्यक्ति घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन् । 

गत महिना भारतका अरु विभिन्न पाँच वटा राज्यमा भीषण वर्षापछि आएको हावाहुरी सहितको आँधीमा २५० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य चार सयभन्दा बढी घाइते भएका थिए । रासस÷सिन्ह्वा

यस बिषयमा तपाइको प्रतिक्रिया...!